भारतीय तटरक्षक गार्डको हेलिकप्टर गुजरातमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

Monday January 6, 2025

पढ्न लाग्ने समय :


भारतको गुजरात राज्यमा भारतीय तटरक्षक गार्डको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार तीन जना (सबै) को मृत्यु भएको प्रहरीले जनाएको छ । पोरबन्दर विमानस्थलमा नियमित प्रशिक्षणको क्रममा प्राविधिक समस्याका कारण एडभान्स लाइट हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर दुर्घटनामा परेर आगो लागेपछि दुई पाइलटसहित चालक दलका तीन सदस्यलाई जलेको अवस्थामा तत्काल अस्पताल लगिएको थियो ।

दुर्घटनामा चालक दलका तीनै सदस्यले ज्यान गुमाएका छन् । दुर्घटना आईतवार दिउँसो १२ः१० बजे भएको थियो । भारतीय प्रहरी र कोस्ट गार्डका अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।