रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको डिपिआर तयार छः मुख्यमन्त्री सिंह

Sunday January 5, 2025

पढ्न लाग्ने समय :


मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला बनाउन डिपिआर तयार अवस्थामा रहेको बताउनुभएको छ । आईतवारदेखि जनकपुरधाममा शुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो जानकारी गराउनुभएको हो । मुख्यमन्त्री सिंहले पुष २२ गते राष्ट्रिय खेलकुद परिषद् र गुठी संस्थानसँग मधेस प्रदेश सरकारले मैदानका लागि सम्झौता गर्ने र पास हुनेबित्तिकै मन्त्रीपरिषद्बाट निर्णय गरेर फाइल काठमाडौं पठाइने जानकारी दिनुभयो ।

करिव ७ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि दिने भनेको १ अर्ब रुपैयाँ अहिलेसम्म खर्च नभएकोले सो रकम रंगशाला निर्माणमा लगाउने र थप १ अर्ब रुपैयाँ मधेस प्रदेश सरकारबाट लगानी गर्नेसमेत जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको रकम खर्च गर्न मन्त्रीपरिषद्बाट निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने र केन्द्र सरकारले पास गरेपछि भारतीय दुतावासमा गएपछाडि मात्र टेण्डर गर्नसक्ने प्रक्रिया रहेकोले प्राविधिक त्रुटीहरुका कारण अहिलेसम्म टेण्डर हुन नसकेको मुख्यमन्त्री सिंहले बताउनु भयो ।

स्टेडियमका लागि साढे २ देखि ३ अर्बसम्मको टेण्डर हुने बताउनु भयो । मुख्यमन्त्री सिंहले अन्य खेलहरुमा पनि मधेस प्रदेश सरकार अगाडि बढेर जहिलेपनि यहाँका युवाहरुको वृत्ति विकासमा सँगै रहने प्रतिवद्धतासमेत जनाउनु भयो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका