युनको पक्राउमा अवरोध गरेको भन्दै राष्ट्रपति सुरक्षा प्रमुखबिरुद्ध मुद्दा दायर

Sunday January 5, 2025

पढ्न लाग्ने समय :


दक्षिण कोरियाको संयुक्त अनुसन्धान इकाईले राष्ट्रपति युन सुक–योलको पक्राउमा अवरोध गरेको आरोपमा राष्ट्रपति सुरक्षा सेवाका प्रमुखलाई सोधपुछका लागि बोलाएको छ । उच्च पदस्थ अधिकारीहरूका लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ), राष्ट्रिय अनुसन्धान कार्यालय (एनओआई) र रक्षा मन्त्रालयको अनुसन्धान मुख्यालय सम्मिलित अनुसन्धान इकाईका एक अधिकारीले इकाईले प्रमुख र उपप्रमुखलाई पेश गरेको थियो ।

अधिकारीले सुरक्षा प्रमुख र उपप्रमुखलाई युनलाई पक्राउ गर्न वारेन्टको कार्यान्वयनमा अवरोध गरेको आरोपमा मुद्दा दायर गरिएको जनाएका छन् । सीआईओ अन्वेषकहरू र प्रहरी अधिकारीहरूको समूहले शुक्रवार मध्य सियोलको राष्ट्रपति निवासमा युनलाई पक्राउ गर्ने प्रयास गरेका थिए । तर उनीहरूले सयौं सुरक्षा सेवा एजेन्टहरू र सिपाहीहरूसँग करिव साढे पाँच घण्टासम्म सामना गरेका थिए । युन विरुद्धको महाभियोग प्रश्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभाले पारित गरेको थियो । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको छ । जुन अवधिमा युनको राष्ट्रपतिको शक्ति निलम्वित छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।