असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो छः प्रधानन्यायाधीश राउत

Saturday January 4, 2025

पढ्न लाग्ने समय :


प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो आएको बताउनुभएको छ । काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो आएकाले गुनासोहरु मेट्न वरिष्ठ अधिवक्ताहरुले संकल्प गर्नुपर्ने बताउनु भयो । उहाँले इच्छा र संकल्प लिएको खण्डमा असम्भव केही नरहेको बताउनु भयो । उहाँले अधिवक्ताहरु पथप्रदर्शक हुनुपर्ने पनि बताउनु भयो । उहाँले केही समय आफूले जानेका ज्ञान, क्षमता र समय असहाय, विपन्न र कमजोरका लागि छुट्याउन आग्रह गर्नुभयो । उहाँले आम नागरिकहरुबाट पाएको आशिर्वाद वरिष्ठ अधिवक्ताको उपाधि भन्दा ठूलो हुने बताउनु भयो ।
प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘वरिष्ठहरुलाई मैले भन्नुपर्ने र मेरो अपेक्षा रहेको कुरा के छ भने असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो छ । न्यायसँग एक्सेस नै हुन सकेन भन्ने जनगुनासो छ । यस्तो गुनासोहरुलाई मेट्न, हटाउन तपाईंहरुले संकल्प गर्नुभयो र इच्छा गर्नुभयो भने त्यो असम्भव छैन । तपाईंहरु इण्डिसिएटर हुनुस् । तपाईंहरु पथप्रदर्शक हुनुपर्छ । तपाईंहरु समाजका कुरा बुझेका, जानेका र व्यहोरेका अगुवा पनि हो । तपाईंहरु प्रवुद्ध त हुँदै हो, वकालत त वरिष्ठज्युहरुले जिन्दगीभर गर्नुहोला नि त्यो गर्न पाइन्छ । तर अलिअलि समय, अलिहलि ज्ञान, क्षमता असहाय, विपन्न र कमजोरका लागि छुट्याइदिनुस् न । म तपाईंहरुलाई नम्रतापूर्वक अनुरोध गर्दछु । मैले यसै भनेको छैन, यसले मान्छेहरुबाट तपाईंहरुले ब्लेसिङ पाउनु हुन्छ, त्यो भनेको त्यो तपाईंहरुको उपाधि भन्दा ठूलो कुरा हो । त्यस्तो पवित्र कुरालाई यो एउटा अवसरको रुपमा उपयोग गर्नुपर्छ ।’

प्रधानन्यायाधीश राउतले बदलिँदो परिवेश र समयमा सर्वोच्चको पाँचौँ पञ्चवर्षीय योजनाले ५० प्रतिशत मिलापत्र गर्ने महत्वकांक्षी उद्देश्य लिएको र वरिष्ठ अधिवक्ताहरुले मद्दत गरे उद्देश्य पूरा हुने दाबी गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।