इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा नेपाल पुलिस क्लबको विजयी सुरुवात

Wednesday January 1, 2025

पढ्न लाग्ने समय :


इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । बुटवलको रामनगर खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा पुलिसले मदन भण्डारी स्पोट्र्स एकेडेमीलाई ३–१ को सेटले विजयी सुरुवात गरेको हो । पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र चौथो सेट २५–१८ ले जित्यो । यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीले तेस्रो सेट ३४–३२ ले जित्यो ।

प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमी, पुलिस क्लबसहित त्रिभुवन आर्मी क्लब,सशस्त्र प्रहरी बलको एपीएफ क्लब,मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब,रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र भारतको गुजरात स्टेट भलिबल एसोसिएशन गरी आठ वटा टोली सहभागी छन् । बुधबारदेखि सुरू भएको प्रतियोगिता यही पुस २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पहिलो हुने टोलीले सात लाख, दोस्रो हुने टोलीले तीन लाख ५० हजार,तेस्रो हुने टोलीले एक लाख ७५ हजार सान्त्वना स्थान प्राप्त गर्ने टोलीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।