विचाराधिन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न सांसदलाई काँग्रेसको आग्रह

Wednesday January 1, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेस संसदीय दलले संसदमा विचाराधिन विधेयकहरुलाई संसदको आउँदो अधिवेशनमा पारित गर्नेगरी काम गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेको छ । बुधवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहनुभएका सांसदहरुलाई यस्तो आग्रह गरेको हो । समितिमा रहेका विधेयकहरुको अवस्था र ति विधेयकहरु पारित हुन नसक्नुका कारणबमरे पार्टीका सांसदहरुसँग छलफल गरिएको पार्टीका सहमहामन्त्री जीवन परियारले बताउनु भयो । उहाँले विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसदका अर्थ, शिक्षा, कानून, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदहरुसँग छलफल गरेको बताउनु भयो ।

उहाँले समितिहरुमा १५ वटा विधेयकहरु विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै संसदको हिउँदे अधिवेशन शुरु हुँदासम्म सबै विधेयक टुंगोमा पु¥याउन सांसदहरुलाई आग्रह गरिएको बताउनु भयो । सांसदहरुले समितिमा विचाराधिन विधेयकहरु टुङ्गोमा पु¥याउन तदारुकताका साथ काम गर्ने प्रतिवद्धता जनाएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामी संघीय संसदमा विचाराधीन विधेयकहरुको सन्दर्भमा के, कस्तो अवस्था छ । र ति विधेयकहरु समितिमा के कति कारणले पारित हुन सकेका छैनन् ? र आउँदो हिउँदे अधिवेशनमा समितिबाट समेत पारित गर्ने र हिउँदे अधिवेशनबाट विचाराधिन विधेयकहरुलाई अन्तिम टुंगोमा पु¥याउनका लागि नेपाली काँग्रेसले पार्टीका सांसदहरुसँग हामीले छलफल गरेका छौं । आज हामीले दुई चरणमा छलफल गरेका छौं । बिहान ११ बजे अर्थ समिति, शिक्षा समिति र कानून समितिका माननीय सदस्यहरुसँग छलफल ग¥यौं भने आज दिउँसो २ बजे राज्य व्यवस्था समिति, उद्योग समिति र पूर्वाधार विकास समितिका माननीयज्यूहरुसँग छलफल ग¥यौं । १५ वटा विधेयकहरु यी समितिहरुमा छलफलको क्रममा छन् । कतिपय विधेयकहरु अन्तिम टुंगोमा लाग्न लागेको र कतिपय विधेयकहरु छलफलकै क्रममा रहेको जानकारी प्राप्त भएको छ । हामीलाई के विश्वास छ भने समितिमा जतिसक्दो छिटो यी विधेयकहरुलाई अन्तिम टुंगोमा पु¥याएर संसदको अगामि अधिवेशनमा यी पन्ध्र वटै विधेयकहरु पारित गर्नको लागि हामीले माननीय सदस्यहरुसँग आग्रह गरेका छौं । उहाँहरुले पनि तदारुकताका साथ विधेयकमाथि समितिमा छलफल गरेर अन्तिम टुंगोमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

गत बिहीवार सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।