नेकपा एससँग सैद्धान्तिक सहमति भयो, अब धेरै समय कुर्न नपर्लाः वामदेव गौतम

Wednesday January 1, 2025

पढ्न लाग्ने समय :


नेकपा (एकीकृत समाजवादी) र नेता वामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानबीच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेको छ । बुधवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारी र एकता अभियानका संयोजक गौतमबीच भएको छलफलपछि गौतमले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले समझदारी विकास गर्नेबारेमा छलफल भएको र एकता हुन धेरै समय कुर्न नपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘समझदारी विकास गर्नेबारेमा छलफल भयो । अब धेरै समय कुर्न नपर्ला पार्टी प्रवेशका लागि ।’

छलफलपछि बोल्दै एकता अभियानका संयोजक गौतम र पार्टीका पदाधिकारीबीच छलफल भएको र छलफल सकारात्मक रहेको बताउनु भयो । उहाँले राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा समेत छलफल भएको बताउनु भयो । उहाँले एकतावद्ध भइ अघि बढ्नेबारे सैद्धान्तिक सहमति जुटेको बतउनु भयो ।
उहाँले भन्नुभयो, ‘एकता अभियानका संयोजक वामदेव गौतमसँग हाम्रो पार्टीका पदाधिकारीहरु बसेर छलफल ग¥यौँ । छलफल धेरै विषयमा भयो, राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा छलफल भयो । एतावद्ध भएर अघि बढ्ने सन्दर्भमा छलफल भयो । वामदेव कमरेड र हाम्रो बीचमा छिटै एकतावद्ध भइ सँगसँगै अघि बढ्ने एक खालको सैद्धान्तिक समझदारी भएको छ । एकता अभियानमा रहेका वामदेव कमरेडसँगै धेरै योगदान गर्नुभएका नेताहरुको व्यवस्थापनका कुराहरु भएको छ । हामी यि विषयहरु छिटै टुंग्याउँछौँ ।’

उहाँले नेता भीम रावललाई पार्टीमा प्रवेश गराउनेबारेमा पनि छलफल भइरहेको बताउनु भयो । भीम रावललाई पार्टीमा स्वागत गर्न आफूहरु तयार रहेको बताउनु भयो । उहाँले भीम रावलसँगको छलफल पनि सकारात्मक रुपमा अघि बढिरहेको दाबी गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।