पूर्वाधार विकास समितिमा २२ उजुरी,उजुरी समाधानको लागि दुई उपसमिति गठन

Wednesday January 1, 2025

पढ्न लाग्ने समय :


पूर्वाधार विकास समितिमा विभिन्न मन्त्रालयसँग जोडिएका आयोजनाहरुको विषयमा २२ वटा उजुरी परेको छ । बुधवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा २२ उजुरी परेको समितिले जानकारी दिएको हो । समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ८,ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय ३, खानेपानी मन्त्रालय २, शहरी विकास मन्त्रालय ४, रक्षा मन्त्रालय १ र अन्य ४ गरी २२ उजुरी समितिमा परेको समिति सभापति दीपकबहादुर सिंहले बताउनु भयो । उहाँले समितिमा कतिपय उजुरीहरु दोहोरो वा तेहेरो रुपमा परेको बताउनु भयो ।

उहाँले समितिमा परेका २२ उजुरीको विषयमा सांसदहरुको छलफलबाट समाधानको लागि पहल गर्ने निर्णय भएको बताउनु भयो । उहाँले हाईड्रोपावर निर्माण,प्रशारणलाइनका विषयमा परेका उजुरीको विषयमा अध्ययन गर्नको लागि पूर्व ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतको संयोजकत्वमा ५ सदस्य उपसमिति गठन गरिएको बताउनु भयो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका उजुरी तथा सडक मापदण्डका विषयमा अध्ययनको लागि पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा अर्को उपसमिति बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पूर्वाधार विकास समितिमा २२ वटा उजुरी परेका थिए । कतिपय उजुरीहरु दोहोरिएर पनि आएका थिए । सबै उजुरी विषयमा समितिमा छलफल गरी विभिन्न खालका निर्णयहरु गरेका छौं । नेपाल विद्युत प्राधिकरणले विद्युत ग्रिडको लागि पोल राख्ने काम गरिरहेको छ । त्यसको प्रशारणलाइनको मुनी जग्गा पर्ने जग्गा धनिलाई मुआब्जा दिने भनिएको थियो । त्यसमा अव्यहारिकता जस्तो देखिएको छ । विद्युत प्रशारण लाइनमा देखिएका समस्या सम्बन्धी उजुरीको समाधानको लागि शक्ति बस्नेतको संयोजकत्वमा पाँच सदस्य उपसमिति गठन गरेका छौं । समितिले  प्रशारणलाइन मुनीको जग्गाको आधा मात्रै पैसा दिने भन्दा पनि प्राधिकरणले किन्नुपर्ने हुन्छ । नत्र जग्गा घरधनीहरु समस्यामा रहेको भन्दै प्राधिकरणले किन्दा बाँकी जग्गा बैंकमा राख्ने र प्रयोग गर्न आवश्यक भएकाले एकिन तथ्य बुझ्नको उपसमिति बनाएका छौं ।

त्यस्तै पूर्वाधार यातायात क्षेत्रमा सडक मापदण्डदेखि अन्य विषयमा भद्रगोल रुपमा सञ्चालन भइरहेकाले त्यसलाई रोक्नको लागि वास्तविक अवस्था बुझ्नको लागि प्रकाश ज्वालाको संयोजकत्वमा उपसमिति गठन गरेका छौं ।  सडक मापदण्ड मन्त्रीपिच्छेले हचुवाको भरमा तोकिनु गलत हो । सडक मापदण्ड तोक्दा सडकका दुवैतिर घरजग्गा पर्ने व्यक्तिलाई मुआब्जाको व्यवस्था गरिनुपर्छ । सडक मापदण्डका विषयमा पूर्वाधार मन्त्रालयले कुन मापदण्ड र नियमअनुसार ३१ मिटर दायाँ र ३१ बायाँका विषयमा समितिलाई जानकारी दिन निर्देशन गर्नुभयो ।’ 

उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीपिच्छे हचुवाको भरमा सडक मापदण्ड तोक्नु राम्रो नभएको भन्दै कुन मापदण्ड र नियमअनुसार तोकिएको भन्ने विषय समितिलाई जानकारी दिन निर्देशन दिनुभयो । उहाँले सडक मापदण्ड तोक्दै भद्रगोल रुपमा सञ्चालन भइरहेको भन्दै त्यसलाई रोक्नको लागि वास्तविक अवस्था बुझ्नको लागि उपसमिति गठन गरेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।