ऊर्जा क्षेत्रको विकासबाट नै मुलुकमा आर्थिक विकास हुन्छ, जनतामा समृद्धि आउँछः ऊर्जामन्त्री खड्का

Monday December 30, 2024

पढ्न लाग्ने समय :


ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गर्नुभएको छ । ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गर्नुभएको हो । उहाँले न्युज एजेन्सी नेपालसँग कुराकानीमा मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास गरेर मुलुकमा आर्थिक समृद्धि ल्याउन सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादन गर्ने र आन्तरिक खपतको लागि जोड दिँदै बाँकी रहेको विद्युत निर्यात गर्ने लक्ष्य राखेको बताउनु भयो । उक्त लक्ष्य पूरा गर्न नीतिगत र संरचनामा सुधार गर्नुपर्ने बताउनु भयो । संरचना र नीतिगत  परिवर्तनका लागि सरकार तयार रहेको बताउनु भयो ।

उहाँले जलविद्युत क्षेत्रमा देखिएका वनका समस्या,जग्गा प्राप्ति जस्ता समस्याहरुलाई समेत समेटेर छिटो छरितो गर्ने,हिउँदको समयमा विद्युत अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको जानकारी दिनुभयो । उहाँले भारतसँग विद्युत विक्री गर्ने सम्झौता गरेसँगै यो वर्ष साढे ९ सय मेगावटसम्म विक्री गर्न सफल भएको बताउनु भयो । न्युज  नेपालसँगको कुराकानीमा उहाँले भारतमा विद्युत व्यापार वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम भएको बताउनु भयो । उहाँले विगतमा विद्युत निर्यातमा १३ अर्ब जति रकम भारतलाई तिर्ने गरेको भएपनि यो वर्ष १० अर्ब बढी नाफामा रहेको बताउनु भयो । उहाँले बंलादेशमा विद्युत विक्री गर्ने विषयमा मूर्त रुपमा दिएर अन्तरदेशिय विद्युत व्यापारकोे ढोका खोलेको बताउनु भयो । उहाँले विद्युत उत्पादन गरेर विदेशमा बेच्नु भनेको खोला नाला विक्री गर्न नभएको बताउनु भयो । उहाँले विद्युत विक्री नगरी मुलुक धनी र समृद्ध हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउन सकिन्छ । यो सम्भव छ । जलविद्युत क्षेत्र अहिलेको लागि सबैभन्दा ठूलो क्षेत्र रहेको छ । त्यसै अन्तर्गत रहेर सरकारले एउटा लक्ष्य हुनुपर्छ भन्ने दृष्टिकोणका साथ २८ हजार ५ सय मेगावट उत्पादन गर्ने र आन्तरिक खपतको लागि जोड दिने र बाँकी रहेको विद्युत निर्यात गर्ने लक्ष्य राखेको छ । त्यो लक्ष्य पूरा गर्नको लागि नीतिगत र संरचनागत के परिवर्तन गर्नुपर्छ भन्दा वनका समस्या,जग्गा प्राप्ति जस्ता समस्याहरुलाई समेत समेटेर छिटो छरितो गर्ने,हिउँदको समयमा विद्युत अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको अवस्था छ । भारतसँग विद्युत विक्री गर्ने सम्झौता भएको थियो । यो वर्ष साढे ९ सय मेगावटसम्म विक्री ग¥यौँ । व्यापार घाटा समान्तर भयो । अझ १० करोडसम्म प्लसमा नै छौं । विद्युत निर्यातमा १३ अर्ब जति रकम भारतलाई तिर्ने गरेका थियौं । बंलादेशमा विद्युत विक्री गर्ने विषयमा मूर्त रुपमा दिन सकिएको थिएन । निरन्तर भारत र बंलादेशसँग छलफल गरी भारतको सहयोगमा अन्तरदेशिय विद्युत व्यापारकोे ढोका खोलियो । नीतिगत कुरा स्रोत र उत्पादन हो । विद्युत उत्पादन गरेर विदेशमा बेच्नु भनेको खोला नाला विक्री गर्नु होइन । विद्युत विक्री नगरी मुलुक धनी भएर समृद्ध हुन सक्दैन । यो भाष्यलाई परिवर्तन गर्न जरुरी छ । जलविद्युत उत्पादन गर्दा १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रलाई दिने विषय कार्यान्वयन भएको तर शेयर किन्ने बेलामा पैसा हुनेले मात्रै प्राप्त गर्ने अवस्था थियो । तर सरकारले समृद्धिका कुरा गरिरहेका छौं । बलियो सरकार छ । समान अधिकार जनतालाई भएन । पैसा नहुने मानिसहरुले स्रोत माथिको अधिकार प्राप्त गर्न सकेनन् भन्ने लागेर राज्यको दायित्व पनि हो । प्रत्येक घरधुरीमा एक आयोजनामा २ देखि ५ लाखको शेयर दिनुपर्छ । त्यति शेयर पायो भने गरिबीको रेखाबाट माथि उठ्ने हिसावले व्यवस्था गरिएको छ । त्यसको लागि सरकारले त्यसको रकम उपलब्ध गराउनुपर्छ । लगानी सुनिश्चिता बनाएर स्रोत माथिको अधिकारको स्वामित्व जनतालाई दिनुपर्छ ।’

उहाँले जलविद्युत उत्पादन गर्दा १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रलाई दिने विषय कार्यान्वयन भएको तर शेयर किन्ने बेलामा पैसा हुनेले मात्रै प्राप्त गर्ने अवस्था रहेको बताउनु भयो । उहाँले पैसा नहुने मानिसहरुले स्रोत माथिको अधिकार प्राप्त गर्न नसक्ने अवस्था रहेकाले त्यसको दायित्व राज्यले दिनेगरी प्रत्येक घरधुरीमा एक आयोजनामा २ देखि ५ लाखको सहुलियतमा ऋण दिएर शेयर पाउने व्यवस्था गर्न लागेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।