गलत व्यक्तिको संगतमा नपर्न युवा पंक्तिलाई प्रधानमन्त्रीको आग्रह

Sunday December 29, 2024

पढ्न लाग्ने समय :


प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा पंक्तिलाई गलत व्यक्तिको संगतमा नपर्न आग्रह गर्नुभएको छ ।  आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति चिनेर मात्र संगत गर्न युवा पंक्तिलाई आग्रह गर्नुभएको हो । उहाँले पछिल्लो समय समाजमा युवाहरुलाई भड्काउन अनेक क्रियाकलाप भइरहेका उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताउनु भयो । गलत मान्छेको संगतमा परेर समय खेर फाल्नुभन्दा सयमको सदुपयोग गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘युवाहरुलाई मेरो आग्रह के छ भने गलत संगतमा नपर्नुस् । मान्छे आफैँ बिगिँ्रदैन संगतले बिगारेको हुन्छ । कोही ड्रगिस आफैं भएको हुँदैन । संगतले नै बिगारेको हुन्छ । कोही मान्छे अत्यन्त राम्रो भएर निस्किएको हुन्छ, त्यसमा अरुको गुण आएको हुन्छ । आमाबाट गुण आएको हुन्छ, बाउबाट आएको हुन्छ । साथीभाईबाट गुण आएको हुन्छ । त्यसकारणले गलत व्यक्तिको संगत नगर्नुस्, संगत गर्नुभन्दा अगाडि राम्रो व्यक्ति छानेर गर्नुस् भन्छु मैले । मौरीको संगतमा लाग्नुभयो भने फूलबारीमा पुगिन्छ, झिंगाको पछिपछि लाग्नुभयो भने फोहोरको डंगुरमा पुगिन्छ । झिंगाले कहिल्लै फूलको रस चुस्दैन पनि फूलमा बस्दैन पनि । मौरी फूलबारीतिरै जान्छ । अहिले युवाहरुलाई भड्काउने अनेक क्रियाकलापहरु भइरहेका छन् । दुई दिनको जिन्दगीमा मरिलानु के छ र ? भन्छन् । यो त्यही समयलाई सदुपयोग गर्नुपर्छ । त्यस समयलाई खेर फाल्नु हुँदैन ।’ 

नेकपा (एमाले) देश बनाउने अभियानमा हिँडेको उहाँको दाबी छ । अन्य राजनीतिक दलहरुले आफूलाई राम्रो भन्न नसकेका कारणले एमालेलाई नराम्रो भन्दै हिँडेको उहाँको टिप्पणी छ । कार्यक्रममा सन् २०२४ को मिसेस हेरिटेज इन्टरनेशलको उपाधि जित्नुभएकी विभा बस्नेत लगायत पार्टी प्रवेश गनुभएको हो ।


भर्खर

कैलालीको लम्कीमा बन्द महेन्द्र राजमार्ग खुल्यो

धनगढीः कैलालीको लम्की क्षेत्रमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको घटनापछि स्थानीयले

‘धनगढी दौडीन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

धनगढीः धनगढी जेसिजद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको ‘धनगढी दौडीन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन

कैलालीको कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनीः कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी