टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतलाई ट्रम्पको आग्रह

Sunday December 29, 2024

पढ्न लाग्ने समय :


अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतसँग आग्रह गर्नुभएको छ । शुक्रवार दायर गरिएको कानूनी कागजातअनुसार उहाँले वार्ताबाट समाधानको लागि समय दिनको माग गर्नुभएको हो । यो कागजात जोन साउरद्वारा दायर गरिएको थियो ।

जसलाई ट्रम्पले सलिसिटर जनरलको रूपमा सेवा गर्न मनोनीत गर्नुभएको थियो । कागजातमा ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकलाई तत्काल प्रतिवन्ध लगाउने विरोध गरेको र पदभार ग्रहण गरेपछि राजनीतिक माध्यमबाट समस्या समाधान गर्ने आशा गरेको उल्लेख छ । ट्रम्पले टिकटकलाई संयुक्त राज्यमा सञ्चालन जारी राख्न अनुमति दिनसक्ने बताइएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।