विश्वविद्यालय शिक्षाको मन्दिर होः प्रधानमन्त्री

Saturday December 28, 2024

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । शनिवार त्रिभूवन विश्वविद्यालयद्वारा दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमाअघि बढाउनुपर्ने र आदरणीय, प्राचनिय थलोको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले मन्दिरमा जाँदा सकारात्मक भाव पैदा भएझैँ विश्वविद्यालयमा जाँदा पनि सकारात्मक भावका साथ जानुपर्ने बताउनु भयो । उहाँले नेपाली समाज सभ्य समाज रहेको उल्लेख गर्दै त्रिभूवन विश्वविद्यालयमा कमी, कमजोरीहरुलाई सुधार गर्दै जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्रिभूवन विश्वविद्यालयमा कमी, कमजोरीहरु होलान्, भौतिक पूर्वाधारका कमी होलान्, अरु कुराहरुका कमी होलान्, पर्याप्त भयो भन्ने दिन कहिल्यै हुँदैन, कमी त भइरहन्छन्, आर्थिक अवस्था कमजोर होला, त्यसलाई हामी सच्याउँदै जानेछौँ । त्रिभूवन विश्वविद्यालयलाई धन्यवाद भन्न चाहन्छु, त्रिभूवन विश्वविद्यालयले स्थापना कालदेखि जुन योगदान गर्नुभएको छ यसका लागि धेरै धन्यवाद भन्न चाहन्छु । एउटा कुरामा हामीले ध्यान दिनुपर्छ । आजको शैक्षिक जगत शैक्षिक जगत जस्तो नदेखिएर कहिले कहिले अन्यथा प्रकारका प्रवृत्तिहरु पनि देखिन थालेका छन्, यस कुरामा हामी सजग हुनुपर्छ । हामीले शिक्षाको मन्दिरलाई शिक्षाको मन्दिरको रुपमा विश्वविद्यालयलाई आदरणीय, प्राचनिय थलोको रुपमा जसरी हामी मन्दिरमा जाँदा एउटा भाव प्रकट गर्दछौँ, विद्यालय, विश्वविद्यालय, महाविद्यालयमा पुग्दा त्यो भाव हुनुपर्छ । हाम्रो समाज सभ्य समाज हो ।’

प्रधानमन्त्री ओलीले सकारात्मक सोचका साथ नेपाली विद्यार्थीले देशमा काम गर्नुपर्ने बताउनु भयो । नयाँ सोच र विज्ञतालाई अध्ययन र अनुसन्धानबाट विद्यार्थी स्थापित हुनुपर्ने बताउनु भयो । –


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका