जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीहरू नगरपरिक्रमामा,विजेता टोलीलाई भव्य स्वागत

Friday December 27, 2024

पढ्न लाग्ने समय :


पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता जनकपुर बोल्ट्सले शुक्रबारदेखि खेलाडीहरूलाई जनकपुरमा भव्यताका साथ नगरपरिक्रमा गराइएको छ । जितको खुसीमा शुक्रबार जनकपुरका नागरिक समाज, खेलप्रेमीहरुले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराउन विजयी यात्रा निकालेका हुन् । विजय यात्रा रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सुरू भएर थापा चोक हुँदै पिडारीचोक, रामानन्दचौक, बजरंगचोक, भ्रमरपुराचोक, जिरोमाइल,विश्वकर्माचोक,मुरलीचोक, रामचोक हुँदै जानकी मन्दिरमा समापनको कार्यक्रम गरिएको छ ।

जनकपुर बोल्ट्सका अनुसार ट्रफी परेड मधेश प्रदेशका अरू जिल्लामा पनि हुनेछ । शनिबार महोत्तरी, सप्तरी र रौतहट जिल्लामा पुग्ने कार्यक्रम छ भने आइतबनर बारा र पर्सामा परेड गरिनेछ । यस्तै चौथो दिन सिरहा र सप्तरीमा कार्यक्रम आयोजना गरी ट्रफी परेड पूरा गरिने जनकपुर बोल्ट्सले जनाएको छ । पुस ६ गते सम्पन्न भएको एनपीएलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो । जनकपुरले ट्रफीसहित एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।