त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता तोके भैरहवा र पोखरा विमानस्थल चल्छन्ः महानिर्देशक अधिकारी

Friday December 27, 2024

पढ्न लाग्ने समय :


नेपाल नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सरकारले तोके तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल चल्ने बताउनुभएको छ । शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममान बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अहिलेसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सरकारले तोक्न नसक्दा समस्या भएको बताउनु भयो । उहाँले भैरहवा,पोखरा र त्रिभूवन विमानस्थल एकै पटक चल्नसक्ने अवस्था नभएको बताउनु भयो । महानिर्देशक अधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमताअनुसार चलाउन सरकारले निर्णय गरेको दिन भैरहवा,पोखरा विमानस्थल चल्ने दाबी गर्दै क्षमता तोक्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले क्षमता अनुसार विमानस्थल चाउने भनेर सरकारले निर्णय गरेको दिन भैरहवा,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्ने बताउनु भयो । उहाँले यसले भैरहवा,पोखरा काठमाडौं कनेक्टिभिटि र अन्तर्राष्ट्रिय उडानहरु बढ्ने बताउनु भयो । उहाँले भविष्यमा अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताउनु भयो । उहाँले तीन वटै विमानस्थल चल्दा काठमाडौैंको विमानस्थल रातभरी चलाउनु र होल्डिङमा पनि बस्नु नपर्ने बताउनु भयो । उहाँले विमानस्थल १० घण्टा बन्द गर्न धेरै लड्नुपरेको भन्दै ५० लाख यात्रु क्षमता निश्चित गर्दा निजी क्षेत्रले सरकारलाई साथ दिनुपर्ने बताउनु भयो।  उहाँले विमानस्थलमा ५० लाख यात्रु क्षमता निश्चित गर्ने कुरा पाँच छ जना व्यवसायीहरुले कब्जामा राखेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ प्राधिकरणले डिले भयो,त्रिभुवन विमानस्थलमा शौचालय राम्रो भएन र भैरहवा,पोखरा विमानस्थल सञ्चालनमा आएन भनेर कुरा सुन्नुपर्छ । एउटै निकायले सबै कुरा सम्बोधन गर्न सक्दैन । तर चेपुवामा भने क्यानको नेतृत्व पर्ने रहेछ । पाँच महिना पनि धैर्य गर्न सक्ने निजी क्षेत्र देखिएन । पाँच महिना विमानस्थल बन्न दिउँ भन्ने धैर्यता देखिएन । विमानस्थल ५ घण्टा बन्द गरेर यात्रुहरुको कटौती भएको छैन । बन्द हुनुभन्दा पहिलाको जस्ती नै क्षमतामा विमानस्थल सञ्चालनमा गरेका छौं । एउटै कुरा भैरहवा,पोखरा र त्रिभुवन विमानस्थल पनि चल्ने अवस्था हुँदैन । यो कुरा बुझ्नुप¥यो । यति बुझेको दिन तीन वटै विमानस्थल चल्छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमता अनुसार चलाउन सरकारले निर्णय गरेको दिन भैरहवा,पोखरा विमानस्थल चल्छन् । क्षमताअनुसार विमानस्थल चाउने भनेर जुन दिन भन्छौं । भैरहवा,पोखरा त्यही दिन देखि चल्छ । यसले भैरहवा,पोखरा काठमाडौं कनेक्टिभिटि बढ्छ । अन्तर्राष्ट्रिय उडानहरु बढ्छ । भविष्यमा अर्थतन्त्रमा ठूलो योगदान पुग्छ । यो भन्दा बढी सरकारले कमाउन सक्छ । यस्तो हुँदा काठमाडौैंको विमानस्थल रातभरी चलाउनु पर्दैन । होल्डिङमा पनि बस्नु पर्दैन । विमानस्थल १० घण्टा बन्द गर्न धेरै लड्नुप¥यो । ५० लाख यात्रु क्षमता निश्चित गरौ भन्दा निजी क्षेत्रले सरकारलाई सर्पोट गर्छन । अहिले नै मलाई नै चाहियो अहिलै कमाउनु परो भनेर पाँच जना मान्छेले कब्जा गरेर राखेका छन् । यो वास्तविकता हो ।’

उहाँले प्राधिकरणले सबै कुरा सम्बोधन गर्न नसक्ने बताउनु भयो । उहाँले पाँच महिना पनि धैर्य गर्नसक्ने निजी क्षेत्र नदेखिएको बताउनु भयो । विमानस्थल ५ घण्टा बन्द गरेर यात्रुहरुको कटौती भएको नभएको उल्लेख गर्नुभयो ।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर