दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष

Thursday December 26, 2024

पढ्न लाग्ने समय :


अजरबैजान एयरलाइन्सद्वारा बाकुबाट ग्रोज्नीका लागि सञ्चालित एक यात्रुवाहक विमान बुधवार कजाकिस्तानको अक्टाउ शहर नजिक दुर्घटनाग्रस्त भएको कजाकिस्तानको आपतकालीन अवस्था मन्त्रालय (एमईएस) ले जनाएको छ । फ्लाइट नम्बर जे२–८२४३ को एम्ब्रेयर १९० विमान अक्ताउ विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । मन्त्रालयले दुर्घटनााट २८ जनालाई सकुशल उद्धार गरेको जनाएको छ । जहाजमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्यसहित ६७ जना सवार थिए । कजाख सञ्चारमाध्यमकाअनुसार जहाजमा रहेका यात्रुमा अजरबैजानका ३७, रुसका १६, कजाकिस्तानका ६ र किर्गिस्तानका तीनजना नागरिक थिए ।

दुर्घटनाको प्रारम्भिक कारण चरा ठोक्किएको देखिएको बताइएको छ । एमईएसले विमानमा आगो लागेको अवस्थामा ५२ जना कर्मचारी र ११ थान उपकरण पठाएको थियो । एम्ब्रेयर १९० विमान यसको क्याबिन कन्फिगरेसन अनुसार ९६ देखि ११४ यात्रु बोक्ने गरी डिजाइन गरिएको हो । यो विमानले ४ हजार ५ सय किलोमिटरसम्म उड्न सक्छ । फ्लाइटअवेयरका अनुसार विमान बाकुबाट निर्धारित समयभन्दा ११ मिनेट अगाडि उडेको थियो । क्यास्पियन सागरमा उडान गर्दा यसले आपतकालीन संकेत जारी ग¥यो । अजरबैजानी मिडियाले कुहिरोका कारण ग्रोज्नीमा अवतरण गर्ने अनुमति प्राप्त गर्न नसकेको जनाएको छ । जसले गर्दा यसलाई मखाचकला र पछि अक्ताउमा पु¥याइएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।