काँग्रेस विपीका विचार अंगालेर अगाडि बढ्न जरुरीः डा. शशांक कोईराला

Wednesday December 25, 2024

पढ्न लाग्ने समय :


नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोईरालाले नेपाली काँग्रेसले विपी कोईरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी रहेको बताउनुभएको छ । बुधवार नेपाली काँग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताउनु भयो । समाजका लागि सोचेमात्रै राजनीति हुने बताउनु भयो । आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उहाँको जिकिर छ । उहाँले नेपाली समाज वर्षौं पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज मान्छेले बीपी कोइरालालाई किन सम्झिन्छन्, उहाँ करोडपति वा अर्बपति त हुनुहुन्नथ्यो । किनभने उहाँले आफ्नो जीवन यस्तो प्रयोग गर्नुभयो । उहाँले आफ्नो जीवन अरुका लागि व्याप्त गर्नुभयो । मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति शुरु हुन्छ । आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति चल्दैन । हाम्रो समाज हजारौं वर्षदेखि चलिआएको समाज हो । त्यो समाजको निरन्तरता हामीले दिने हो । विपी कोईरालाको जुन विचार छ, त्यो विचारमा अडिएर हामीले अगाडि बढ्नुपर्छ । ’

देशको विकास र समृद्धिका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका