एमाले—काँग्रेस सांसदहरु सार्वजनिक लेखा समिति सभापतिको बचाउमा

Monday December 23, 2024

पढ्न लाग्ने समय :


नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोईराला अदालतमा उपस्थित हुनुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने क्रममा भट्टराईले आरोपित सभापति पत्नी कोइरालाले न्यायिक निरूपणलाई अदातलमा उपस्थित भएर सघाउनुपर्ने बताउनुभएको हो । उहाँले सभापतिबारे उठेका प्रश्नको जवाफ दिने ठाउँ समिति नभए पनि स्पष्ट बनाउँदा हुने बताउनु भयो । उहाँले सभापतिको श्रीमती एउटा सहकारीमा जोडिए पनि न्याय निरुपणको लागि उहाँ अदालतमा जाने विश्वास रहेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय मुद्दा लाग्दैमा कतिपयले बाहिर कराउँदै हिँड्ने गरेको भन्दै एमालेका नेता कार्यकर्ताले त्यस्तो नगर्ने विश्वास लिएको बताउनु भयो । उहाँले सभापतिलाई समेत श्रीमतीसँग जोडेर गरिएका प्रश्नबारे प्रष्ट पार्न आग्रह गर्नुभयो ।

उहाँले सार्वजनिक लेखा समिति सभापति जस्तो प्रतिष्ठित व्यक्तिले आफ्नो परिवारलाई लुकाएर राख्न नहुने भन्दै त्यो सम्भव पनि नभएको उल्लेख गर्नुभयो । सचिव भट्टराईले हाल रहेको सत्तागठबन्धन २०८४ सालसम्मै जाने दाबी गर्नुभयो । उहाँले विगतमा रहेको राजनीतिक परिस्थितिअनुसार संसदको पदाधिकारीबारे सहमति भएको बताउनु भयो । उहाँले राष्ट्रिय सभा अध्यक्ष, समिति सभापति सबैमा राजनीतिक परिस्थिति अनुसार चयन भएको उल्लेख गर्दैअहिलेको परिस्थिति अनुसार सबै बदल्ने हो भने आफूहरू तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ नेकपा एमाले र नेपाली काँग्रेस दुई पार्टी मिलेर बनेको सरकार भएकाले समितिमा बहुमत पुग्छ । समिति बैठकमा दुई पार्टीले बढी ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । सभापति ज्युको कुरा पनि उठेका छन् । आज पनि समितिमा मान्य ज्युले उठाउनुभएको छ । हामी सुशासनको प्रत्याभुति गर्ने र चेक एण्ड ब्यालेन्स समितिमा बसी रहेकाले आर्थिक लेनदेनको हिसाबले ठिक ठाउँमा उभिनुपर्छ । आफू ठिक ठाउँमा उभिन सकेनौं भने अरुलाई डण्डा चलाउन सकिँदैन । सभापति प्रति प्रश्न उठेका छन् । सभापतिले स्पष्टिकरण दिनु पर्ने फोरम समिति होइन । केही छ भने सभापतिले स्पष्ट भन्नुस् । परिवारहरु विभिन्न ठाउँमा जोडिएका हुन्छन् । श्रीमति,छोराछोरी जोडिए भन्दैमा अर्कोलाई तान्न मिलेन । मैले बुझेअनुसार सभापति ज्युको श्रीमति ज्युको कुनै एउटा सहकारीमा नाम जोडिएको छ । विराटनगरको जिल्ला अदालतमा मुद्दा दायर भएका छन् । सभापति ज्यु जस्तो प्रतिष्ठित व्यक्तिले आफ्नो परिवारलाई लुकाएर राख्ने कुरा भएन । सम्भव छैन । गर्दा पनि गरिर्दैन । नेकपा एमालेको प्रतिनिधि र इमान्दार सदस्य सभापति हुनुको नाताले उहाँले त्यो गर्नुहुन्छ भन्ने पनि लाग्दैन । सभापति ज्युको श्रीमति अदालतमा हाजिर हुन जानुहुन्छ । जानुपर्छ । अरु कराउने चिच्याउने गरे जस्तो एमालेका सदस्यले यस्तो गर्नु हुँदैन ।’

नेपाली काँग्रेसका सांसद नेपाली काँग्रेसका सांसद राजेन्द्र केसीले श्रीमतीले गल्ती गर्दा श्रीमान फस्ने हुन् कि भन्ने ठूलो चिन्ता रहेको बताउनु भयो । उहाँले श्रीमतीले गल्ती गर्दा श्रीमान फस्ने हुन् कि हैन कानूनले के भन्छ भन्दै चिन्ता व्यक्त गर्नुभयो । सांसद केसीले लेखा समिति सभापति ऋषिकेश पोखरेलको बचाउ समेत गर्नुभयो । उहाँले सभापतिको श्रीमतीको पक्राउ जारी भएको तर सभापतिलाई नभएको भन्दै सभापतिलाई यसमा मुछ्नु राम्रो नभएको बताउनु भयो ।

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले समिति सभापतिप्रति व्यक्तिगत रुपमा आरोप÷प्रत्यारोप लगाउन नहुने बताउनु भयो । उहाँले अदालतबाट आरोप पुष्टि नभई सभापति प्रति आरोप लगाएर प्रश्न उठाउनु जायज नभएको बताउनु भयो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विगतमा रहेको राजनीतिक परिस्थितिअनुसार संसदको पदाधिकारीबारे सहमति भएको बताउनु भयो । उहाँले राजनीतिक सहममितको आधारमा सभापति चयन भएकाले बारम्बार सभापतिप्रति प्रश्न उठाउनु जायज नभएको बताउनु भयो ।

समिति सभापति ऋषिकेश पोखरेलले नीतिगत रूपमा आफूमाथि उठेका विषयमा विभिन्न ठाँउमा जवाफ दिन तयार रहेको बताउनु भयो । उहाँले कानूनी प्रक्रियामा रहेका विषयको सबै परीक्षामा समावेश हुन आफू तयार रहेको उल्लेख गर्नुभयो ।  उहाँले सभापति चयनका विषयमा दलहरूबीचको सहमति स्वीकार्य हुने बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।