पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता

Sunday December 22, 2024

पढ्न लाग्ने समय :


पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय, कास्कीले आईतवार लामिछाने लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पती शुद्धीकरण गरेको अभियोग लगाउँदै मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता गरे प्रश्चात सञ्चारकर्मीहरुसँग बोल्दै सरकारी वकिलको कार्यालय, कास्कीका सूचना अधिकारी शान्तिदेवी शर्माले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित व्यक्ति र संस्था गरी आज ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको बताउनु भयो ।

उहाँले  सहकारीको रकम ठगीमा ३१ जना,संगठित अपराधमा १९ जना र  सम्पती शुद्धीकरणमा चार जना विरुद्ध मुद्धा दर्ता भएको बताउनु भयो । उहाँले सम्पती शुद्धीकरणमा रवि लामिछाने, जीबी राई,रामबहादुर खनाल,छविलाल जोशी र लिला प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको बताउनु भयो । उहाँले सम्पती शुद्धीकरणमा रवि लामिछानेलाई २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ र जिबी राईलाई ७४ करोड,३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा विगो दाबी गरिएको बताउनु भयो । उहाँले मुद्दा अनुसार सबैलाई सजायको माग फरक–फरक रहेको बताउनु भयो ।

सूचना अधिकारी शर्माका अनुसार आरोपितहरुमाथि करिव १ अर्ब ५१ करोड रुपैयाँ विगो मागदावी भएको बताउनु भयो । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा.लि.मा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो । गत शुक्रवार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित १९ जना विरुद्ध पुरक अभियोगपत्र दर्ता भएको थियो । १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुद्दा दायर भएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।