संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह

Friday December 20, 2024

पढ्न लाग्ने समय :


सभामुख देवराज घिमिरेले संघीयताको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रवार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनुभएको हो । उहाँले अहिले संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढिरहेको भन्दै संघीयताको सही कार्यान्वयन आवश्यक भएको बताउनु भयो । उहाँले संघीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानून बनाउनेदेखि लिएर व्यवहारमा कार्यान्वयन गरेर जानुपर्ने आजको आवश्यकता भएको बताउनु भयो । उहाँले कानून र बुझाइको क्षमताको अभावका कारण संघीयता कार्यान्वयन हुन नसकिरहेको बताउनु भयो । उहाँले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारले एक भएर काम गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढी आइरहेको छ । मेरो व्यक्तिगत रुपबाट के बुझाइ छ भने संघीयतालाई कार्यान्वयन गर्नको लागि हामीले गर्नुपर्ने कामहरु कति ग¥यौँ । संघीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानून बनाउनेदेखि लिएर व्यवहारमा काम गर्नेदेखि कामहरु कति गरेका छौँ । त्यहाँ कामका लागि के अनुभव आए त्यो टिप्पणी हुनुपर्छ । संघीयता खर्चिलो भयो, संघीयता व्यवहारिक भएन, श्रोतको  दुरुपयोग भयो, दोहनको लागि मात्रै सबै कोशिस भयो भन्नेकुराहरु भइरहेको छ । सानो मुलुक, अन्त जे भएको छ, त्यो हेर्दा बेठिक नै भएको छ भन्ने कोणबाट हेर्ने कोशिस गरिएको छ । अब कार्यान्वयन गर्दा ल्याएका कुराहरु के बेठिक भए कार्यान्वयनबाट प्रमाणित गर्ने मेहनत हामीले गर्नुपर्छ । कानूनको, बुझाइको, क्षमताको अभावमा ति कुराहरु अड्किएका छन् । त्यसलाई पूरा गर्न के गर्न सकिन्छ, त्यसमा संघ, प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्छ । संविधान संशोधनमा आफ्नै तर्कहरुबाट संघीयता सम्बन्धी बहस गराउने कोशिस भएको छ ।’

सभामुख घिमिरेले संविधान संशोधनमा आफ्नै तर्कहरुबाट संघीयता सम्बन्धी बहस छेड्ने कोशिस भइरहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।