उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइनः उर्जामन्त्री खड्का

Wednesday December 18, 2024

पढ्न लाग्ने समय :


उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताउनुभएको छ । बुधवार औद्योगिक व्यापार मेला बुटवल—२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले महशुस उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने बताउनु भयो । उहाँले साथै व्यवसायीहरुको इमान्दारिताको आवश्यकता रहेको पनि बतानु भयो । उहाँले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको बताउनु भयो । क्षणभरमा सकिने काम १० औं वर्षदेखि अल्झाएर राखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लाइन काट्नेकुरा समस्याको समाधान होइन । यदी महशुस उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ । म खालि के आग्रह गर्न चाहन्छु भने व्यवसायीहरुको पनि इमान्दारिताको आवश्यकता छ । १० वर्षदेखि किन यो विषय थाँती रह्यो । आज मुलुकमा चर्चाको विषय रहेको छ । जम्माजम्मी कुरा हो, उपभोग गरेको कुरा तिर्नपर्ने । बिल लिने, तिर्ने । जम्मा यति सानो विषय १० वर्षदेखि थाँती रहेर राष्ट्रिय विषय बन्यो । संसदमा चर्चा चल्यो । अचम्म लाग्छ मलाई । व्यवसायी साथीहरुले पनि हामीले तिर्नुपर्ने यति मात्रै हो, हामीले यति मात्रै तिर्छौं, यो चाहीँ होइन है भनेको भए अझ प्रमाणित गर्न सजिलो हुन्थ्यो होला नि । त्यतातिर पनि म व्यवसायी साथीहरुको ध्यानाकर्षण गर्न चाहन्छु । प्राधिकरणको समस्या के हुन्, यसको छानविन गर्न मन्त्रालयले कमिटी नै गठन गरेको छ ।’ 

मन्त्री खड्काले सबैले इमान्दारिताका साथ आफ्ना कर्तव्य पूरा गर्नुपर्ने बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।