लम्बियो एकीकृत समाजवादीको स्थायी कमिटिको बैठक, नेताहरुको कार्यविभाजन सोमवार

Sunday December 15, 2024

पढ्न लाग्ने समय :


नेकपा (एकीकृत समाजवादी)का केन्द्रिय सदस्यहरुको कार्यविभाजन सोमवार मात्र हुने भएको छ । केन्द्रिय सदस्यहरुको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट शुरु भएको पार्टी स्थायी कमिटिको बैठकमा आजसम्म पार्टीको अगामि कार्ययोजनाबारे छलफल भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँकाअनुसार आज बैठकमा नेताहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा धारणा राख्नुभएको छ । उहाँले भोलि बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल आफ्नो धारणा राख्दै बैठक टुंग्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बैठकमा हाम्रा मुख्यः दुई एजेण्डाहरु छन् । एउटा, पार्टीको अगामि कार्ययोजना र अर्को एजेण्डा केन्द्रिय सदस्यहरुको कार्यविभाजन । आजसम्म  हामीले पार्टीको कार्ययोजनाको बारेमा छलफल गरेका छौं । स्थायी कमिटिा सबै सदस्यहरुले लगभग बोलिसक्नु भएको छ । अब पार्टी अध्यक्ष र समासचिवले आफ्नो धारणा राख्ने, उहाँहरुको विचारहरुप्रति स्पष्टिकरण दिने र निष्कर्षमा पुग्ने काम बाँकी छ । त्यो भोलि हुन्छ । अनि हामी कार्य विभाजनको प्रस्तावमा छलफल गर्छौं । त्यो कार्यविभाजन भोलि सकिन्छ ।

सोमवारको बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय लिनेछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।