संस्कृतिको जगेर्ना फुटेर होइन, जुटेर गरौँः उपप्रमुख डंगोल

Sunday December 15, 2024

पढ्न लाग्ने समय :


काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । आईतवार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न फुटेर नभइ सबै जुटेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका विभिन्न जातजातिका पर्वहरुको उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले देशभरका विभिन्न जातजातिका पर्वहरुलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताउनु भयो । सांस्कृतिक महत्व बोकेका पर्व, जात्रा सँगसँगै बोलिने भाषा र लेखिने लिपीलाई जीवित राख्नु आजको आवश्यकता भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले देशलाई आर्थिक रुपमा अघि बढाउन र देशको संस्कृतिको जगेर्ना गरिरहने हो भने फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ । सबैजना एकजुट भएर लाग्नुपर्छ । ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका पनि विभिन्न जातजातिका पर्वहरुको उत्तिकै महत्वपूर्ण भुमिका छ । यि सबै पर्वलाई हामीले एकजुट भएर मान्ने र देशभरका विभिन्न जातजातिका पर्वहरुलाई पनि उत्तिकै महत्व दिनुपर्छ । सांस्कृतिक महत्व बोकेका पर्व, जात्रा सँगसँगै हामीले बोलिने भाषा, लेखिने लिपीलाई पनि जीवित राख्नु आजको आवश्यकता हो ।’ 

उपप्रमुख डंगोलले नेपालका संस्कृतिहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।