घर, जग्गाको समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गरी अघि बढ्छुः अध्यक्ष घिमिरे

Saturday December 14, 2024

पढ्न लाग्ने समय :


नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले देशभरका व्यवसायीका समस्या समाधानका एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । सबै व्यवसायीहरुका समस्या सुनेर समाधान गर्ने बाटोमा आफू अग्रसर हुने बताउनु भयो । शुक्रवार महँसंघको अध्यक्षमा घिमिरे सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्षमा चयन भएसँगै न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले घर जग्गाको क्षेत्रमा रहेका समस्या समाधानका लागि देशभरका व्यवसायीहरुसँग सहकार्य गर्ने बताउनु भयो । उहाँले घर जग्गाको व्यवसाय खस्किएकोमा व्यवसायीमात्रै नभइ सरकार पनि गम्भीर रहेकाले चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समस्याको समाधान छिटै हुने र व्यवसायीहरु उत्साहित रहेको उल्लेख गर्नुभयो । छिटै घरजग्गा कारोबार पुरानै लयमा आउने बतउनु भयो । बैंकहरुमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानूनी व्यवस्था नल्याउँदा केही असहजता रहेको बताउनु भयो । बैंकिङ क्षेत्रमा थोरै सुधार भए अहिलेका समस्या समाधान हुने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘सहजतापूर्वक लिएर जान्छु र सबै साथीहरुसँग मिलेर र देशभरका व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्छु । देशभरका व्यवसायीका समस्यालाई लिएर अघि बढ्छु । म निर्विरोध भएका कारणले सम्पूर्ण व्यवसायीहरुले मलाई साथ दिनुहुन्छ भन्ने लाग्छ । सबैले साथ दिँदा जस्तोसुकै चुनौति आएपछि समाधान गर्न सकिन्छ । घर जग्गाको व्यवसाय खस्किएकोमा हामी मात्रै होइन, सरकार पनि चिन्तित रहेछ भन्नेकुरा थाहा पाएका छौँ । हाम्रो सुनुवाई हुन्छ, व्यवसायीहरु उत्साहित छन् र यो व्यवसया पुरानै अवस्थामा आउँछ । राष्ट्र बैंकको नीति नै हामीले भनेको जस्तो नभएको लागेको छ । बैंकहरुमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानूनी व्यवस्था नल्याएको हुनाले अफ्ठ्यारो छ । बैंकिङ क्षेत्रमा थोरै सुधार भयो भने सम्पूर्ण कुराहरुको समाधान हुन्छ ।’

काठमाडौंमा शुक्रवार सम्पन्न तेस्रो महासभाबाट वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षमा राजकुमार राई, दीपक कुँवर र पुरुषेत्तम पौड्याल निर्विरोध चयन भएका छन् । महासचिवमा रोशन भोयद्यो, सचिवमा घनश्याम पोखरेल र कोषाध्यक्षमा अरूणस्तोम त्रिपाठी निर्वाचित भएका छन् । सदस्यमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, लीलाबहादुर अधिकारी, मणिकुमार प्रसाईं र देवकुमार महत्तो निर्वाचित भएका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।