विश्व क्रिकेटका लिजेण्ड ब्रयान लारा नेपालमा

Friday December 13, 2024

पढ्न लाग्ने समय :


विश्व क्रिकेटका लिजेण्ड ब्रयान लारा नेपाल आइपुगेका छन् । आज बिहान छोरीसहित नेपाल आएका ब्रयान लारालाई नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्का, प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर तथा पूर्वकप्तान विनोद दासले त्रिभूवन विमानस्थलमा स्वागत गरेका छन् । जारी नेपाल प्रिमियर लिगमा कमेन्ट्रीसहित अन्य कार्यक्रममा सहभागी हुन लारा क्यानको निम्तोमा नेपाल आएका हुन् । नेपाल आउँदा खुशी लागेको काराले बताए । ब्रयान लाराकप नाममा अनगिन्ती रेकर्ड रहेका छन् ।

जसमा टेष्ट क्रिकेटमा एक इनिङसमा इङ्गल्याण्ड विरूद्ध सन् २००४ मा हानेको अविजित ४०० रन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । यो रेकर्ड अरूले तोडेको हेर्न चाहेको लाराले बताए ।
उनले वेस्ट इण्डिजबाट १३१ टेष्ट खेल्दै ११ हजार ९५३ रन बनाएका छन् । ओडिआईमा भने २९९ खेए खेल्दै १० हजार ४०६ रन जोडेका छन् । टेष्टमा ३४ र ओडिआईमा १९ शतक उनको नाममा रहेको छ ।  नेपाल क्रिकेट संघ क्यानकाअनुसार उनी तीन दिन नेपाल बस्ने कार्यक्रम रहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।