दक्षिण कोरियाली संसदद्वारा युनको विद्रोह छानबिन गर्न बिलहरू पारित

Friday December 13, 2024

पढ्न लाग्ने समय :


दक्षिण कोरियाको संसदले बिहीवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणा र प्रथम महिलाको संलग्नताका घोटालाहरूको बारेमा अनुसन्धान गर्न स्वतन्त्र सल्लाहकारहरू नियुक्त गर्ने विधेयक पारित गरेको छ । पूर्णसत्रमा उपस्थित २८३ राष्ट्रिय सभा सांसदहरू मध्ये १९५ ले युनको विरुद्धमा विशेष अभियोजन विधेयकको पक्षमा मतदान गरेका छन् । ८६ जनाले असहमति जनाएका छन् । दुई जना अनुपस्थित थिए । विधेयकमा राष्ट्रपतिले सिफारिस गरिएकामध्ये एकजना अभियोजक छनोट गरी नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

यदि युनले यसलाई भिटो गरेमा, विधेयकलाई फिर्ता लिनुपर्छ । जसमा ३ सय सदस्यीय सभाको कम्तिमा दुई तिहाईले यसलाई पारित गर्नको लागि मतदान गर्नुपर्छ । युनले डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गर्नुभएको थियो । जुन केही घण्टापछि राष्ट्रिय सभाले खारेज गरेको थियो । अनुसन्धान एजेन्सीहरूले युन विरुद्ध विद्रोह र अन्य आरोपहरूको छानबिन गरेका छन् ।
यसैबीच, प्रथम महिला किम केओन–ही विरुद्धको विशेष काउन्सिल विधेयकमा बिहीवार भएको मतदानमा सहभागी २ सय ८२ सांसदमध्ये १९५ पक्षमा र ८५ विपक्षमा परेका थिए भने दुई जना अनुपस्थिति थिए । पहिलो महिला विरुद्ध अघिल्लो तीन बिल युनद्वारा भिटो र एक रिभोटमा खारेज गरिएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।