एनपिएलः लुम्बिनीको दोस्रो हार, पोखराको पहिलो जित

Friday December 6, 2024

पढ्न लाग्ने समय :


एन्ड्रेस गाउसको शतकमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित हात पारेको छ । कमजोर बलिङ प्रदर्शन लुम्बिनीको हारको कारण बन्यो । लुम्बिनीको यो लगातार दोस्रो हार हो । जितको लागि १७१ रनको विजय लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा बिना कुनै विकेटको नोक्शानीमा पूरा गर्दै १० विकेटको जित निकाल्यो । पावर प्लेमा नै पोखराले ८० रन जोडिसकेको थियो । लुम्बिनीका कुनैपनि बलरले विकेट झार्न सकेनन् । एन्ड्रेसले ५४ बलमा शतक प्रहार गरे । जारी एनपिएलमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बने । उनले ५५ बलमा १२ चौका र ५ छक्कासहित अविजित १०४ रनको उत्कृष्ट पारी खेले । दिनेशले खरेलले ४६ बल खेल्दै ४ चौका र ४ छक्कासहित अविजित ६१ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनायो । दुई ओपनर आशुतोष घिरोहिया र उन्मुक्त चन्द शुन्यमा आउट हुँदा शुरूवातमा नै लुम्बिनी दबाबमा प¥यो । सन्दीप जोरा पनि १८ रनमा आउट भए । तेस्रो विकेटको नोक्शानीमा लुम्बिनीले ४६ रन बनाएको थियो । यसपछि टम मोर्स र कप्तान रोहित पौडेलले चौथो विकेटका लागि १२४ रनको साझेदारी गरे । टम मोरसले ४५ रन बनाए ।  रोहितले ५९ बलको सामना गर्दै १० चौका र४ छक्कासहित ९५ रनको पारी खेले । तर यो पारी छायाँमा प¥यो । बलिङमा विपिन खत्रीले दुई विकेट लिए । लगातार दुई हाइ स्कोरिङ म्याचमा लुम्बिनी बलिङमा चुक्यो । पहिलो खेलमा लुम्बिनी विराटनगरसँग हारेको थियो । तेस्रो खेल खेलेको पोखराले पहिलो जित निकाल्दै दुई अंक जोडेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।