एनपिएलः चितवनको पहिलो हार, कर्णालीको पहिलो जित

Friday December 6, 2024

पढ्न लाग्ने समय :


चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित दर्ज गरेको छ । जितको लागि १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभर ५ बलमा ४ विकेटको नोक्सानीमा पूरा ग¥यो । कर्णालीका ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे । देव खनाल २५ रन जोड्दै आउट भए । यसपछि शिखर धवनले चाडविक वाल्टनसँग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्दै कर्णालीको जितलाई सहज बनाए ।

धवनले ४१ बल खेल्दै ४ चौका र १ छकमका सहित ४५ रन जोडे । अर्धशतकबाट मात्र ५ रनले चुके । तर चाडविक ३० रन जोडेर रवि बोपराको बलमा एलबिडब्लु धरापमा परेपछि कर्णाली दबाबमा आयो । अन्तिम ओभरमा ९ रन चाहिँदा ३ बलमा ६ रन जोडेपछि चौथो बलमा अर्जुन घर्ती रन आउट भए । तर पाँचौ बलमा जिसन मकशुदले चौका प्रहार गर्दा एक बल अगाडि ४ विकेट गुमाएर कर्णालीलाई जित दिलाए । जिसन मकशुदले अविजित अविजित १२ रन बनाए । बलिङमा कुशल मल्ल, जान निकोल र रवि बोपराले समान १÷१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन मात्र बनायो । खराब शुरूवात गरेको चितवनले ३ विकेट गुमाउँदा २२ रन मात्र बनाएको थियो । लुक बेनमकेन्सटाइन रनको खाता नखोली आउट भए भने दीपक बोहरा ८ रनमा र विपिन रावल ११ रनमा पबिलियन फर्किए। यसपछि रवि बोपरा र कप्तान कुशल मल्लले चौथो विकेटको लागि ६० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने कोशिस गरे । कुशल २३ रनमा आउट भए । रविले अर्धशतकीय पारी खेल्दै अविजित ५९ रनको पारी खेले ।

उनले ४० बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । यसपछि अन्य खेलाडीहरूले दोहोरो रन छुन सकेनन् । बलिङमा विपिन शर्माले ३ र जुसन मक्सुदले २ विकेट लिए । तीन खेलमा कर्णालीले पहिलो जित हात पार्दै अंकको खाता खोलेको छ । तेस्रो खेल खेलेको चितवनको भने यो पहिलो हार हो । यसअघि दुई खेल जितेको चितवनसँग ४ अंक रहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।