‘भक्तपुर महोत्सव २०८१’ मंसिर २८ देखि

Wednesday December 4, 2024

पढ्न लाग्ने समय :


मङ्सिर २८ देखि पुस २ गतेसम्म भक्तपुर महोत्सव २०८१ आयोजना हुने भएको छ । कला र संस्कृतिको संरक्षण र स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका महोत्सवको आयोजना गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ । मुल आयोजक रहेको भक्तपुर नगरपालिकाले क्षेत्रगत रुपमा अन्य स्थानीय तथा सामाजिक संघसंस्थाहरुलाई क्षेत्रका आधारलाई सहआयोजकको जिम्मेवारी दिएको छ ।

महोत्सवले भक्तपुर नगरवासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेसा र व्यवसायीलाई सहयोग हुने अपेक्षा गरिएको छ । मेला भक्तपुर नगरपालिका–७ महेश्वरीस्थित महेश्वरी खेल मैदानमा हुने भएको छ । भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवं आयोजक भक्तपुर युवा टिमका सल्लाहकार उकेश कवांले सिंगो भक्तपुर महोत्सवको मुख्य आयोजक भक्तपुर नगरपालिका भएपनि उपयुक्तता र आवश्यकताअनुसार नगरपालिकाले विभिन्न संस्थाहरुलाई कामको जिम्मेबारी दिइएको जानकारी दिनुभयो । मेलास्थलमा केही दिन अगाडिबाट नै स्टल निर्माण लगायत अन्य कार्यको तयारी थालिसकेको पनि बताउनु भयो ।

आयोजककाअनुसार व्यापार मेलामा झन्डै एक सय स्टलहरु रहनेछन् । तिमध्ये ८० स्टलहरु अगाडि नै बुकिङ भइसकेको आयोजकको दाबी छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।