सोहेलको पाँच विकेट प्रेरणामा चितवन राइनोज विजयी

Monday December 2, 2024

पढ्न लाग्ने समय :


सोहेल तनभिरको पाँच विकेट प्रेरणामा चितवन राइनोजले पहिलो खेलमा जित निकालेको छ । टियु क्रिकेट मैदानमा चितवनले काठमाडौं गुर्खाजमाथि पाँच विकेटको जित निकाल्दै एनपिएलमा सुखद् शुरूवात गरेको हो । ब्याटरले निकै संघर्ष गर्नुपरेको खेलमा काठमाडौंले ११२ रनको सामान्य लक्ष्य दिएको थियो । जुन, लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गय¥ो । एक समय ८.५ मा ६८÷५ को अवस्थामा हुँदा चितवन पनि दबाबमा थियो । तर अनुभवी ब्याटर शरद भेषावकर र युवा ब्याटर सन्तोषी कार्कीले सम्हालिएर खेल्दै १७ बलअगावै जित सुरक्षित गराए । यी दुईले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरे ।
सन्तोषले ३१ बलमा २८ रन र शरदले २१ बलमा ११ रन जोडे । सन्तोषको इनिङमा दुई चौका र एक छक्का रह्यो । कुशल मल्लको कप्तानीमा रहेको चितवनले आक्रमण शुरूवात गर्ने प्रयास गरेको थियो । तर स्पिनर साहब आलमले दोस्रो ओभरमा नै दीपक बोहरालाई ७ रनमा एलबिडब्लु गर्दै काठमाडौंलाई राम्रो शुरूवात दिलाए । साहबले नै चौथो ओभरमा अर्का ओपनर हसन इसाखिललाई १२ रनमा आउट गरे । त्यसपछि ब्याटिङमा आएका कप्तान कुशल र लुक बेनकेन्सटेनले इनिङ अगाडि बढाउने प्रसाल गरे । तर जेरार्ड इरासमस सातौं ओभरमा लुकलाई २२ रनमा एलबिडब्लु गर्दै यो साझेदारी तोडे ।
लगत्तै अर्को ओभरमा कुशल पनि ११ रनमा नै पेभेलियन फर्किए । इङल्याण्ड अलराउण्डर रवि बोपाराले आक्रामक ब्याटिङ गर्ने प्रयास गरे । फेरि स्पिनर साहबले नै बोपारालाई ११ रनमा आउट गरे । यससककंगै चितवनका पाँच विकेटरो पतन भयो । तर, शरद र सन्तोषले समालिएर खेल्दै सहज जित दर्ता गरे । काठमाडौंको बलिङमा साहबले तीन तथा जेरार्ड र डान डाउथवेटले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ पाएको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा १११ रनको सामान्य योगफल खडा गर्यो। पाकिस्तानका तिब्र गतिका बलर सोहेलसककंगै चितवनका बलिङसामु काठमाडौंका ब्याटर लामो समय क्रिजमा टिक्नै सकेन । काठमाडौंले दोस्रो ओभरमै ओपनर स्टेफन इस्किनाजीलाई २ रनमा गुमायो । तर अर्का ओपनर मिकाइल लेभित र सुमित महर्जनले इनिङ समाल्ने प्रयास गरे । तनभिरले नै लेभितलाई २५ रनमा आउट गर्दै यो साझेदारी तोडे । उनले १६ बलमा चार चौका र एक छक्का हिर्काए । त्यसपछि सुमित क्रिजमा टिक्ने प्रयास गरे । उनले ४१ बलमा २९ रन जोडे । उनको इनिङमा एक चौका मात्र रह्यो । चितवनका कप्तान कुशलले जेरार्डलाई २ ४ रन र सोहेलले भीम सार्कीलाई १ रनमा आउट गर्दै काठमाडौंलाई ५.२ ओभरमा ३४÷४ को स्थितिमा पु¥याए । तर शंकर रानाले १६ रन र डान डाउथवेटले १९ रन जोड्दै इनिङ उकास्ने प्रयास गरे । अमर रौटेलाले शंकरलाई विकेटकिपर विपिन राउलबाट क्याच गराए । सोहेलले काठमाडौंका कप्तान करण केसी र साहबलाई समान १ रनमा पेभिलियन फर्काउककंदै सस्तैमा रोके । चितवनको बलिङमा सोहेलले ४ ओभरमा पाँच विकेट लिँदा रिजन ढकाल, कुशल, अमर र लुकको नाममा समान एक विकेट रह्यो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।