१० औं राष्ट्रिय खेलकुद फागुनभित्रै र कर्णालीमै हुन्छः खेलकुदमन्त्री चौधरी

Sunday December 1, 2024

पढ्न लाग्ने समय :


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १० औं राष्ट्रिय खेलकुद फागुनभित्रै हुने दाबी गर्नुभएको छ । आईतवारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सो दाबी गर्नुभएको हो । उहाँले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु कर्णालीमै र फागुनभित्रै हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले पत्रिकाले लेखेको समाचार हेरेर भ्रममा नपर्न पनि मन्त्री चौधरीले सांसदहरुसँग आग्रह गर्नुभयो ।

उहाँले दशौं राष्ट्रिय खेलकुद मंसिर २ गतेदेखि तोकिएकोमा भौतिक पूर्वाधारको कमीका कारण सञ्चालन गर्न नसकेको भएपनि अब मिति नसर्ने बताउनु भयो । प्रदेश सरकारले करोडौं लगानी गरेर रंगशाला बनाएको भन्दै फागुनमै हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । भौतिक पूर्वाधार करिव सकिएको र अहिले पनि खेलाडीहरुको व्यवस्थापन ठूलो चुनौति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कसले भ्रम सिर्जना गरिदियो, कुन पत्रिकाले निकालिदियो, कर्णालीमा खेल हुँदैन, कर्णालीमा यो हुँदैन भनेर । तपाईंहरुले कुन पत्रिकामा पढ्नुभयो, कहाँ पढ्नुभयो । तपाईंहरुले प्रदेश सरकारले करोडौं लगानी गरेर रंगशाला बनाएको छ । तपाईंहरु ढुक्का हुनुस् । खेलकुद कर्णालीमै हुन्छ, त्यसमा पनि फागुनमै हुन्छ भनेर म विश्वास दिलाउन चाहन्छु, पत्रिकाले के लेख्छ, के लेख्दैन ? पत्रिकाको पछाडि नगइदिन आग्रह गरेँ । किनभने प्रदेश सरकारले लगानी गरेको ठाउँमा खेल हुन्छ । कर्णालीमै हुन्छ, त्यसमा पनि हाम्रो सोच हन्ड्रेड टेन प्रसेन्ट, फागुनभित्रै हुन्छ । एउटा डेट सकियो अब अर्को डेट परिवर्तन हुनेछैन ।’

मन्त्री चौधरीले देश र युवाहरुको चाहना खेलकुदमा सोचे भन्दा बढी आकर्षण रहेको बताउनु भयो । सरकारले खेलकुदमा बजेट बढाउन नसके युवाहरुको चाहना पूरा गर्न नसकिने उल्लेख गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।