नेपाललाई एमसिसि बोझ भयो, बीआरआईमा विवाद नगरौँः झलनाथ खनाल

Saturday November 30, 2024

पढ्न लाग्ने समय :


पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विवाद गर्नुपर्ने विषय नभएको बताउनुभएको छ । शनिवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा हाम्रा विकास र निर्माणका अनेकन सहयोगहरु गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । चीनबाट नेपालले ऋण लिनु नै नहुने भन्नेकुरा नहुने बताउनु भयो ।

उहाँले चीनले ऋण मात्रै दिनुपर्छ भन्नेहरुले चीनबाट अनुदान लिएर बनाइएका उद्योगधन्दाहरु कौडीको मूल्यमा बेचेको आरोप लगाउनु भयो । उहाँले चीनबाट लिने ऋण वा अनुदान लिँदा राष्ट्रिय हितलाई सर्वोपरी राख्नुपर्ने बताउनु भयो । अमेरिकाबाट लिइएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) परियोजना दुई वर्षमा १० अर्ब बढी ऋण नेपालले हाल्नुपरेको भन्दै नेपालका लागि एमसिसि ऋण भन्दा पनि ठूलो भएको बताउनु भयो । एमसिसि राष्ट्रका लागि बोझ भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा हाम्रा विकास र निर्माणका अनेकन सहयोगहरु गर्नुपर्ने आवश्यकता छ । बढाउनुपर्ने आवश्यकताहरु छन् । ति कुराहरुमा केही न केही महत्वपूर्ण सम्झौताहरु यस पटक पनि होलान् । तर त्यसमध्ये बीआरआई जो बेल्ट एण्ड रोड इनिसिएटिभको रुपमा चीने अगाडि सारेको छ । यो बारेमा हाम्रो देशमा निकै समयदेखि एउटा विवाद जस्तो पनि भइरहेको छ । बीआरआई त्यो कुनै विवाद गर्नुपर्ने विषय नै होइन । बेल्ट एण्ड रोड संसारमा जति वटा बेल्टहरु छन्, त्यसमा रोडहरु पनि बनाऔँ भन्ने चीनको धारणा हो ।’

सम्मानित नेता खनालले आग्रह, पूर्वाग्रहबाट नभइ यथार्थ ढंगले सम्बन्धहरु बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल र चीनको सम्बन्ध सुदृढ गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।