मधेस मुख्यमन्त्री कार्यालयअगाडि शहीद परिवारको आन्दोलन

Friday November 22, 2024

पढ्न लाग्ने समय :


जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहीद परिवारका सदस्यहरुले प्रदर्शन गरेका छन् । प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक÷एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहीद परिवारका सदस्यहरु आन्दोलित भएका हुन् । मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहीद परिवारका सदस्यहरु छन् । उनीहरुले प्रदेश सरकारले आफूहरुको माग पूरा नगरेसम्म घर नफर्किने बताएका छन् ।

अधिकांशलाई नियुक्ति पत्र दिइएपनि अहिलेसम्म जागिर पाउन नसकेको आरोप शहीद परिवारको छ । तर जनमत नेतृत्वको सरकार गठन भए लगत्तै सो सेवा सुविधाबाट वञ्चित गरिएको आरोप मधेसी शहीद प्रतिष्ठानका सदस्य रामनरेश रायको छ ।  मुख्यमन्त्री समक्ष पटकपटक धाएपनि कुनै सुनुवाई नभएको उहाँको भनाई छ ।


भर्खर

कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा लागूऔषधका एम्पुलसहित ६ जना पक्राउ

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन र लागूऔषधका एम्पुलसहित ६ जनालाई पक्राउ गरेको

बर्डफ्लु नियन्त्रणमा आएसँगै पोल्ट्री बजारमा सुधार, अण्डा, मासु र चल्लाको मूल्य बढ्न थाल्यो

पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको बजारमा सुधार देखिन थालेको छ। अण्डा, कुखुराको

देवानगञ्ज घटनापछि सामाजिक सद्भावका लागि सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको