विराटनगर किङ्सको ब्राण्ड एम्बासडरमा अभिनेता दयाहाङ राई

Sunday November 17, 2024

पढ्न लाग्ने समय :


नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गरेको छ । विराटनगर किङ्सले आईतवार पत्रकार सम्मेलनमार्फत नायक दयाहाङलाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो । उक्त कार्यक्रममा विराटनगरका मालिक वैङ्कटेस मुन्द्रा र नायक दायहाङले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता एक वर्षको हुनेछ । ग्लोवल स्टारको छवि बनाएका सन्दीप लामिछाने विराटनगर किङ्सका मार्की खेलाडी हुन् । तर उनी ब्राण्ड एम्बासडर घोषणा कार्यक्रममा उपस्थित थिएनन् । सामाजिक सञ्जालमा लाखौंमा फलोअर्स रहेका सन्दीपले विराटनगरका कुनैपनि गतिविधि शेयर गरिरहेका छैनन् ।

उनी र विराटनगर किङ्सबीच पारिश्रमिकका विषयलाई लिएर असमझदारी रहेको चर्चा पनि चलिरहेको थियो । आईतवार आफ्नो फ्रेन्चाइज टोलीको औपचारिक कायत्र्रmममा पनि सन्दीप उपस्थित नभएपछि प्रश्न उठे । तर विराटनगरका मालिक मुन्द्राले आफ्नो मार्की सन्दीप बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको र केही दिनपछिका कार्यक्रममा आउने बताउनु भयो । साथै मुन्द्राले कोशीमा क्रिकेटको विकासमा सघाउ गर्ने उद्देश्यले विरानगर किंग्सले काम गरिरहेको बताउनु भयो । उहाँले कोशीको पाँच जिल्लामा ट्यालेन्ट हन्ट गरिएको र निकट भविष्यमा एकेडेमी पनि सञ्चालनमा ल्याउने उल्लेख गर्नुभयो ।

सो अवसरमा अभिनेता दयाहाङ राईले आफ्नै क्षेत्रसमेत रहेको विराटनगरसँग जोडिन पाउँदा धेरै खुशी रहेको उल्लेख गर्दै खेलले धैर्यता र अनुशासनमा रहन सिकाउने भएकाले आफूले नियमित रूपमा पछ्याउँदै आएको बताउनु भयो । साथै उहाँले देशका उन्नति र विकास लागि कला र खेल क्षेत्रमा लगानी लगानी गर्न आवश्यक रहेको औंल्याउनु भयो । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटप्रति चासो र समर्थन गर्दै आउनुभएका अभिनेता दयाहाङ राईलाई विराटनगर किङ्सले आफ्नो टोलीमा जोड्दा क्यानका लागि एक जित सरह रहेको बताउनु भयो ।

विराटनगरले यसअघि न्युजिल्याण्डका मार्टिन गप्टिल, ओमानका अकिब इलियास, वेस्ट इण्डिजका निकोलस किर्तन र स्कटल्याण्ड क्रिस सोललाई अनुवन्ध गरेको छ । आगामी मंसिर १५ गतेदेखि पुस ६ सम्म हुने एनपिएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।