एन्फाले नै टिकट बेच्ने

Tuesday October 29, 2024

पढ्न लाग्ने समय :


अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले फाइनलको टिकट बिक्री गर्ने भएको छ । एन्फाले मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पत्रकार सम्मेलनमार्पmत यसअघि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले एन्फासँग भएको सम्झौता रद्द गर्दै टिकट आपैmँले बेच्ने जनाएको हो ।
खेल बेलुका ६ः३० बजेदेखि हुनेछ । टिकेट भने बुधबार बिहान ८ बजेदेखि एन्फाले बिक्री गर्ने भएको छ । माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले एन्फासँग टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको सम्पूर्ण टिकेटिङ अधिकार लिएको थियो । तर, आइतबार सेमिफाइनलमा करिब १५ हजार ४०० दर्शक क्षमता रहेको रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको म्याच रिपोर्टमा सार्वजनिक भएको थियो ।
लगत्तै एन्फाले क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै फाइनलको टिकट बिक्री रोकेको थियो । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार माउन्ट एभरेस्टले फाइनलका लागि भिआइपी प्यारापिटतर्फ क्षमताभन्दा बढी टिकेट विक्री गरिसकेको छ । सामान्यतर्फ पनि ४१ सय टिकेट बिक्री गरेको उनले जानकारी दिए ।


भर्खर

कैलालीको वनमा निर्माण गरिएका संरचनामा वन कार्यालयको डोजर

धनगढी : कैलालीका वनमा निर्माण गरिएका संरचनाहरूमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। जिल्लाको गोदावरी

गौरीफन्टा सीमा नाकाबाट नाबालिकालाई भारत लैजाने युवक प्रक्राउ

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट प्रहरीले नाबालिकालाई भारततिर लगिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय