गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारीमा छौँः खेलकुदमन्त्री चौधरी

Monday October 28, 2024

पढ्न लाग्ने समय :


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारी गरिरहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निकट भविष्यमै खेलकुद सद्भावना दुत गैरआवासीय नेपालीलाई बनाउनका मन्त्री परिषद्मा प्रश्ताव लैजाने कोशिस गरिरहेको बताउनु भयो । उहाँले नेपालको खेलकुद क्षेत्रको विकासका लागि लगानी गर्न गैरआवासीय नेपालीहरुसँग आह्वान गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन जग्गाको खोजि भइरहेको तर नपाएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निकट भविष्यमा खेलकुद सद्भावना दुत हामीेले एनआरएनए नै राख्ने कोशिस गरिरहेका छौँ । चाँडो भन्दा चाँडो मन्त्रीपरिषद्बाट जाँदैछ । खेलकुद दुत भनेर हामी राख्न कोशिस गरिरहेका छौँ । हिजो मात्रै फुटबलको साफको महिला गेम भारतसँग भएको थियो । नेपालीले दुःखसुखका साथ संघर्षका साथ विजय प्राप्त भयो । त्यहाँको भौतिक पूर्वाधार हेर्दा त्यहाँ अट्ने नअट्ने दर्शहरुको धेरै महशुस गरेका थियौँ । हामीले व्यापक रुपमा जग्गा खोजि गरिरहेका छौँ । फिफाले व्यापक लगानीको कोशिस गरिरहेको छ तर हामीले अहिलेसम्म जग्गा प्राप्त गर्न सकेका छैनौँ । हामीसँग भलिबलको मन्टीपल्पस बिल्डिङहरु छैन ।’

खेलकुदमन्त्री चौधरीले युवा नीति तयार गरी कानून र अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो ।


भर्खर

सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु, अर्को सूचना नभएसम्म लागू हुने

सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो

सुनसरी झडप अपडेट: उपचाररत थप एक युवकको मृत्यु, मृतक संख्या दुई पुग्यो

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत आइतबार राति भएको झडपमा गोली लागेर घाइते भएका थप एक

सुनसरी गोलीकाण्डबारे राप्रपाप्रमुख सचेतक खुस्बु ओलीको प्रश्न:‘गोली चलाउने आदेश कसले दियो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डबारे सरकारसँग स्पष्ट जवाफ माग