विपद् पछिको पुनःनिर्माणमा सरकार गम्भीर छः भौतिकमन्त्री दाहाल

Wednesday October 23, 2024

पढ्न लाग्ने समय :


भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद् पछिको पुनःनिर्माणमा सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । मंगलवार रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार काम गर्नकै लागि बनेबाले नागरिकको सहजताका लागि आवश्यक पुनःनिर्माणको काम गरिरहेको बताउनु भयो । उहाँले सरकारले आफ्नो गतिमा काम गर्दागर्दै विपद् आएपछि सरकारका प्राथमिकताहरु परिवर्तन भएको बताउनु भयो । उहाँले सरकारले बाढी पहिरोबाट पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित भइ काम गरिरहेको बताउनु भयो । उहाँले विपद्का कारण सबैभन्दा बढी क्षति सडक र पुलपुलेसामा भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो सरकार काम गर्नका लागि बनेको सरकार हो । यो सरकारले आफ्नो गतिमा काम गरिरहेको अवस्था थियो । काम गर्दागर्दै बाढी, पहिरोले हामीलाई यसरी वितण्डा मच्चायो र एउटा नयाँ परिस्थितिको सिर्जना गरिदियो । त्यसैले हाम्रा प्राथमिकताहरु अहिले परिवर्तन भएका छन् । हामीले प्राथमिकता केमा दिने ? प्राथमिकताहरु परिवर्तन भएका छन् । यस पटकको बाढी, पहिरोले ठूलो क्षति पुया¥यो । यो क्षतिमध्ये सबैभन्दा बढी सडक र पुललाई नै क्षति पुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत नै साढे ६ अर्ब भन्दा बढीको क्षति भएको छ । त्यो पुनःनिर्माण गर्नलाई त्यतिले पुग्दैन । १५ अर्ब ३३ करोड लाग्ने प्रारम्भिक अनुमान छ । त्यसैले हामीले प्राथमिकता छुट्याएर काम गर्नुपर्ने भएको छ । सबैभन्दा पहिलो प्राथमिकता हामीले यो पुललाई दिएका हौँ । यो पुल पूर्वी क्षेत्रलाई राजधानीसँग जोड्ने लाइफलाइन भएकाले पहिलो प्राथमिकता दिएका छौँ । हामीले चार चरणमा काम गरेका छौँ । करिव उद्धारको काम समापन गरेका छौँ । राहतको काम भइरहेको छ । पुनःस्थापनाको काममा दुई तरिकको छ । एउटा अस्थायी र अर्को स्थायी पुनःस्थापनाको काम गरिरहेका छौँ ।’

गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीले बगाएको रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा रहेको सुनकोशी नदीको बेलिब्रिज पुल निर्माण सम्पन्न भइ सञ्चालन गरिएको छ । नेपाली सेना र सरकारले मिलेर पुल निर्माण शुरु भएसँगै यातायात सञ्चालनमा केही सहज हुने अपेक्षा छ । सबैभन्दा पहिला पुलमा लोड सिमित गर्नुपर्ने चुनौति छ । नेपाली सेनाले १५ टन मात्रैको सिफारिस गरेको छ । स्पिड सिमित गर्ने र भारवहन १५ टन मात्रै गर्नेगरी वार्निङ साइन राख्ने योजनाअनुसार काम अघि बढाइएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका