काठमाडौंमा खसीबोका किनमेल जारी

Thursday October 10, 2024

पढ्न लाग्ने समय :


चाडवाडको समयमा मासु अरु बेलाको तुलनामा बढी खपत हुने गर्दछ । त्यसैले पनि यतिबेला काठमाडौंसहित अन्य शहरी क्षेत्रमा गाउँबाट आइ खसी, बोका, च्याङ्ग्रा र भेडा बेच्नेहरुको संख्या धेरै छ । पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी,बोकाहरु काठमाडौंमा ल्याइएको छ । तर विगतको तुलनामा कम विक्री भएको खसी व्यपारीहरुले बताउँदै आएका छन् । विपद्का कारण सडक सञ्जालहरुमा क्षति हुँदा अवागमन असहज बनेसँगै पूर्वी क्षेत्रबाट भने यस वर्ष धेरै खसीबोका आएका छैनन् । काठमाडौंका भृकुटीमण्डप, बबरमहल, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसी बोकाहरु किन्ने क्रम अहिले जारी छ । उपभोक्ताहरु खसी किन्न भोलिसम्मै आउने गर्दछन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।