सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनीः बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं

Wednesday October 9, 2024

पढ्न लाग्ने समय :


निर्माण व्यवसायीहरुले आफूहरुको बाँकि बक्यौता रकम तत्काल भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष सकुन्तलाल हिराचनलगायतका व्यवसायीहरुले निर्माण व्यवसायीहरुको सबै बक्यौता रकम तिहार अघि पनि भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिनु भएको हो । महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको सातौं स्मृति दिवसको अवसरमा पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सिंहले तिहार अगावै आफूहरुको सबै बक्यौता रकमहरुको भुक्तानीसहित ती साँढे ६ अर्वका आयोजनाहरुलाई अघि बढाउने काम गर्न सरकारलाई दबाब दिनु भयो । उहाँले निर्माण व्यवसायीहरु संकटमा परेको कारण मुलुकको अर्थतन्त्र संकटमा परेको उल्लेख गर्दै ती समस्या समाधान गरेर सरकारले मुलुकको अर्थतन्त्रलाई सहज ढंगले चलायमान बनाउने काम गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो, एउटा जटिल परिस्थितिमा निर्माण उद्योग छ । र, निर्माण उद्योगमा भएको जटिल परिस्थितिको कारणले गर्दा तमाम निर्माण व्यवसायीहरु संकटमा छौं, सकसमा छौं । यसको समाधानका लागि राज्यले अभिभावकीय भुमिका निर्वाह गरेर निकाल्नु पर्छ । र, निर्माण व्यवसायीहरुलाई संकटमा पार्दा मुलुकको अथर, चाँडो भन्दा चाँडो यो कुराको निकास सरकारले दिनुपर्छ भन्ने कुरामा अर्थमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ । र, हामी आशा गर्र्छौ–तिहार अगावै हाम्रो बक्यौता रकमहरुको भुक्तानीसहित ती साँढे ६ अर्वका आयोजनाहरुलाई संकुचनमा गरेर सरकारले आफ्नो क्षमतामा ल्याउने छ ।  त्यसका लागि महासंघले आफ्नो तर्फबाट सरकारलाई खवरदारी गरिरहेको छ ।’

महासंघका पूर्वअध्यक्ष सकुन्तलाल हिराचनले पनि  तिहार अगाडि आफूहरुको सबै बक्यौता रकम भुक्तानी नभए सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनु भयो । उहाँले निर्माण व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढे त्यसले सरकारलाई चार गुणा बढि फाईदा दिने दावी समेत गर्नु भयो ।
पूर्व ्अध्यक्ष हिराचनले भन्नु भयो, ‘अव यो तिहार भन्दा अगाडि यदि हाम्रो भुक्तानी भएन भने हामीले कडा भन्दा कडा कदम नचालि सरकारले भुक्तानी दिन्छ जस्तो लाग्दैन ।  सरकारले हामीलाई भुक्तानी गरेको खण्डमा त्यो त्यो भन्दा ३ गुणा, ४ गुणा बढी फाईदा सरकारलाई नै हुन्छ । त्यो कुरा सरकारले बुझेको छैन । निर्माण क्षेत्र चलायमान हुनु भनेको सारा संसार चलायमान हुनु हो भन्ने कुरा उहाँहरुलाई थाहा छैन ।’

कार्यक्रममा स्वर्गीय गौचनले निर्माण व्यवसायको क्षेत्रमा पु¥याउनु भएको योगदान स्मरण गरिएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।