काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

Sunday October 6, 2024

पढ्न लाग्ने समय :


नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई आइतवार ३–० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५–१४ को सहज जित निकालेको नेपालले पछिल्ला दुवै सेटमा कडा चुनौतीको सामना गर्नुपरेको थियो । यद्यपी नेपालले दोस्रो सेट २५–२३ र तेस्रो सेट नेपालले २८–२६ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दमदार सुरुवात गरेको हो ।

असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगिताको दोस्रो खेलमा असोज २१ गते नेपालले उज्वेकिस्तानको समान गर्नेछ । असोज २२ मा तेस्रो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल खेल हुनेछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।