खसी किलोको ७२० र च्याङ्ग्रा १३ सयसम्ममा विक्री गरिँदै

Friday October 4, 2024

पढ्न लाग्ने समय :


नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैँ लागेसँगै काठमाडौंका बजारहरुमा व्यापार व्यवसायको चहलपहल तिब्र छ । दशैँमा नयाँनयाँ कपडा, दशैँका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडा लगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरु किनमेल गर्नेहरुको भीड बजारमा देख्न सकिन्छ । विपद्का कारण विगतको तुलनामा यस वर्ष केही कमी देखिएपनि दशैँको लागि तयारी तिब्र छ । शहरहरुबाट गाउँ फर्किने र कामको सिलसिलामा बाहिर रहेका नेपालीहरु स्वदेशमा फर्किने क्रम पनि बढिरहेको छ । त्यसैले पनि बजार चलायमान बन्दै गएको छ । विपद्का कारण दशैँमा खसी, बोकाहरु कमी हुने हो की भन्ने चिन्ता आम सर्वसाधारणमा रहेको छ । तर कलंकी खसी बजार व्यवस्थापन समिति भने काठमाडौं उपत्यकामा विगत झैँ यस वर्ष पनि मासुको कमी हुन नदिने र आपूर्ति पु¥याउने बताउँछ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले समिति बनाइ खसी विक्री वितरण गरेको ३१ वर्षसम्म काठमाडौं उपत्यकाको माग पूरा गरिरहेको र यस वर्ष पनि आपूर्ति पूरा गर्ने बताउनु भयो । उहाँले यस वर्ष विपद्का कारण सडकहरुको अवस्था केही कठिन भएपनि पश्चिमबाट खसी, बोका र च्याङ्ग्राहरु ल्याउने काम भइरहेको बताउनु भयो । उहाँले काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५÷४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको बताउनु भयो । विपी राजमार्गको अवरोधका कारण पूर्वी जिल्लाहरु र रामेछाप लगायतका जिल्लाहरुबाट भने खसी, बोका ल्याउन कठिनाइ हुने बताउनु भयो । मूल्य पनि पोहोरकै आसपासमा खरिदविक्री हुने अनुमान रहेको र अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सयदेखि ७४० सम्म र च्याङ्ग्राको १३ सयसम्म रहेको बताउनु भयो । रसुवा र तातोपानी नाका नखुलेसँगै च्याङ्ग्रा मुस्ताङबाट मात्रै ल्याउनुपरेकाले केही महंगो हुने बताउनु भयो । विगतमा दशैँलाई मात्र लक्षित गरेर घटस्थापनादेखि नवमीसम्म ४५ हजार जति खसीबोका विक्री हुने गरेको र यस वर्ष पनि सोही आसपासमा विक्री हुने अनुमान गरेको बताउनु भयो । उहाँले गत वर्ष खसी बजारबाट २५ हजार खसी, बोका, च्याङ्ग्रा, भेडा विक्री गरेको बताउनु भयो । अहिले खसी,बोकाको माग काठमाडौंमा घटिरहेकाले त्यसको असर व्यापारमा परेको बताउनु भयो । उहाँले उत्पादन बढ्ने तर माग घट्नुले केही समस्या आएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले खसी बजार शुरु गरेर व्यापार गरेको समितिको तर्फबाट ३१ वर्ष भयो । अहिलेसम्म हामीले काठमाडौं उपत्यकाको मागको लगभग ७० प्रतिशत आपूर्ति यहीँबाट भएको छ । चाडपर्वलाई लक्षित गरी विभिन्न जिल्लाहरुबाट काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५÷४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने गरेका छौँ । मध्यपहाडी क्षेत्रका जिल्लाहरुबाट खसी, बोकाहरु ल्याउने गरेका छौँ । बाढी, पहिरो आएर जुन असहज परिस्थिति आयो, त्यसले बाटोघाटोका कारण केही समस्या थिए, इलाम, रामेछाप जिल्लाका पशुचौपाय ल्याउन कठिन छ, पश्चिमतिरका जिल्लाबाट ल्याउन कठिन छैन । वर्षा जारी रहे यहाँको माग पूर्ति गर्न केही कठिन हुने अनुमान छ । मूल्य पनि पोहोरकै आसपासमा खरिदविक्री हुने जस्तो हामीले सोचेका छौँ । खसीको मूल्य ६ सयदेखि ७४० सम्मको लगभग पोहोरकै छ । रसुवा नाका खुल्ने भएकाले त्यताबाट पनि च्याङ्ग्रा आउने हुँदा केही मूल्य घट्ने भन्ने हामीले आश गरेका थियौँ । तर तातोपानी र रसुवाको नाका पनि बन्द भएकाले मुस्ताङको मात्रै हुँदा च्याङ्ग्रामा केहीमूल्य बढ्ने अवस्था छ । विगतमा दशैँलाई मात्र लक्षित गरेर घटस्थापनादेखि नवमीसम्म ४५ हजार जति खसीबोका बिक्थे भने अहिले खसी,बोकाको माग काठमाडौंमा घटिरहेको अवस्था छ । त्यसको असर व्यापारमा पनि देखिएको छ । नेपाली उत्पादन बढेको छ, माग घटेको छ । कलंकी खसी बजारबाट भेडा, बोका, च्याङ्ग्रा, खसी गरेर कलंकी खसी बजारबाट २५ हजारको हाराहारीमा बेच्थ्यौँ भने यसपालि त्यही अनुपातको विक्रीको अनुमान गरेका छौँ ।’

खसी व्यापारी सन्तोष राईले आफूहरुले मुस्ताङको च्याङ्ग्रा बाटो बिग्रिएका कारण बेणीबाट ११ दिन लगाएर काठमाडौं ल्याएको बताउनु भयो । उहाँले च्याङ्ग्रा जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेको बताउनु भयो । उहाँले खसी ६ सयदेखि ७२० सम्म र बोका ६५० देखि ७ सयसम्म छ विक्री गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘च्याङ्ग्रा हामीले जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेका छौँ । खसी ६ सयदेखि ७२० सम्म छ । बोका ६५० देखि ७ सयसम्म छ । च्याङ्ग्रा वर्षमा एकपटक आउने भएकाले अलि महंगै पर्छ । बाटोमा पहिरो गएको छ, अहिले आउन गाह्रो छ । बेणीबाट ११ दिन लाग्यो । मुस्ताङबाट आएको च्याङ्ग्रा हो ।’

उहाँले च्याङ्ग्रा वर्षमा एकपटक आउने भएकाले अलि पर्न गएको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।