नेपाल–भारतमैत्री संघद्वारा बल्खु बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण

Thursday October 3, 2024

पढ्न लाग्ने समय :


नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । बिहीवार एक कार्यक्रमको आयोजना गरी नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडिहरुका नेपाल चिकित्सक संघमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रह बमोजिम नेपाल–भारतमैत्री संघले सो राहत सामग्री हस्तान्तरण गरेको अध्यक्ष जानुका कार्की गिरीले बताउनु भयो । राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरु लगायत बहुउपयोगि सामग्रीहरु रहेको उहाँले बताउनु भयो । उहाँले वास्तविक पीडितलाई राहत उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘बल्खु क्षेत्रमा धेरै क्षति पुगेको हुँदा चिकित्सक संघको सम्पूर्ण टिमले आग्रह गरे अनुरुप हामीले राहत सामग्रीहरु खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरु लगायत बहुउपयोगि सामानहरु हस्तान्तरण गरेका छौँ । उहाँहरुले उचित व्यवस्थापन गर्नुहुन्छ भन्ने हामीलाई आशा लागेको छ । अझै गर्नुपर्ने सहयोग हामी गर्दै जान्छौँ । पीडितहरुको हातमा परोस् । अरुको हातमा नपरोस् ।’

कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघको अध्यक्ष डा। अनिल कार्कीले आफूहरुले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताउनु भयो । उहाँले बल्खुमा दुई दिन भित्रमा मेडिकल क्याम्पसहित आफूहरु जाने र राहत वितरण गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यो जुन राहत हस्तान्तरण गर्नुभएको छ, हामीले स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौँ । भोलि या पर्र्सि बल्खुमा मेडिकल क्याम्पसहित राहत वितरण गर्नेछौँ ।’

उहाँले विपद्को बेलामा आगामी दिनमा पनि नेपाल–भारतमैत्री संघले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।


भर्खर

डोटीको बिपिनगरमा इलाका प्रशासन कार्यालय स्थापना

डोटी : डोटीको बिपिनगरमा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने

सुदूरपश्चिमका २६ प्रतिशत नागरिकको स्वास्थ्य बीमा

धनगढीः सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ व्यक्ति स्वास्थ्य

फेरि बढायो इन्धनको मूल्य

धनगढी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि