बाबर आजमले पाकिस्तानको एकदिवसीय र टी–२० टिमको कप्तानबाट दिए राजीनामा

Wednesday October 2, 2024

पढ्न लाग्ने समय :


बाबर आजमले पाकिस्तानी क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानबाट राजीनामाको घोषणा गरेका हुन् । बाबरले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको उल्लेख गरेका छन् । यस्तै आफ्नो प्रदर्शनलाई प्राथमिकता दिने उनले बताएका छन् । उनले खेलाडीका रूपमा टोलीमा योगदान दिइरहने पनि उनको भनाइ छ ।

सन् २०२३ को विश्वकपमा पाकिस्तानले कमजोर प्रदर्शन गरेपछि बाबरले नेतृत्व छोडेका थिए । तर पाकिस्तान क्रिकेट बोर्डले उनलाई फेरि कप्तानीका लागि जिम्मेवारी दिएको थियो ।


भर्खर

कैलालीको वनमा निर्माण गरिएका संरचनामा वन कार्यालयको डोजर

धनगढी : कैलालीका वनमा निर्माण गरिएका संरचनाहरूमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। जिल्लाको गोदावरी

गौरीफन्टा सीमा नाकाबाट नाबालिकालाई भारत लैजाने युवक प्रक्राउ

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट प्रहरीले नाबालिकालाई भारततिर लगिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय