असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै

Monday September 30, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ, १४ असोज : स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि कृषि तथा घरेलु उद्यमी मेला र दसैँ महोत्सव आयोजना हुने भएको छ । यसअघि यही असोज १३ गते तय भएको उक्त मेलाको मिति प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्का कारण तीन दिनपछि सारिएको आयोजकले जनाएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा हुने मेला घरेलु तथा साना उद्योग सङ्घ र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा गर्न लागिएको हो ।

सङ्घका सचिव तथा मेला संयोजक जीतेन्द्रकुमार श्रेष्ठले महानगरपालिकासँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी गर्न लागिएको बताउनुभयो । महानगरका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरुको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका आकर्षणको रुपमा रहनेछन् ।

घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष पद्मकुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्वारा उत्पादन गरिएका वस्तुको प्रवर्द्धन र बजारीकरण गरी स्वदेशी उद्योगद्वारा उत्पादित वस्तुको उपभोगमा वृद्धि गर्ने उद्देश्य रहेको बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पूर्वअध्यक्ष आङदेण्डी शेर्पाले लघु, घरेलु तथा साना उद्यमीहरुको प्रवर्द्धन गर्न यस्ता मेलाहरुको आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।