कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

Tuesday May 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठकलाई नेपाली कांग्रेसले अवरोध गरेको हो ।

बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गरेपछि धन्यवाद दिने प्रस्ताव पारित गर्न बसेको बैठक कांग्रेसले अवरुद्ध गरेको छ ।

कांग्रेसले राष्ट्रिय सभामा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म संसदको कुनै कारबाही अगाडि बढ्न नसक्ने जनाएको छ ।

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका