गौतम बुद्ध क्रिकेट रंगशाला तीनै तहको साझेदारीमा बनाइने, कीर्तिपुरलाई स्तरोन्नति गरिने

Tuesday May 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । सरकारले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाउने भएको छ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्ध रंगशाला तीनवटै तहका सरकारको साझेदारीमा अघि बढाइने बताएका हुन्।

‘चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निमार्ण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ। कीर्तिपुर रंगशालाको स्तरोन्नतिसहित थप निमार्ण कार्य प्राथमिकताका साथ अघि बढाइनेछ,’ राष्ट्रपति पौडेलले भने।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।