बर्षाले खेल रद्ध भएसँगै गुजरात प्लेअफबाट बाहिरियो

Tuesday May 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गएराती बर्षाले अवरोध गरेपछि गुजरात टाइटन्स र कोलकोता नाइट राइडर्सबीचको खेल रद्ध भएको छ ।

अहमदावादमा लगातार बर्षा भएपछि खेल रद्ध हुदा दुवै टिमले एक एक अंक बाडेका छन् ।

यो खेल रद्ध भएसँगै गुजरात प्लेअफको दौडबाट बाहिरिएको छ । १३ खेलमा ११ अंक रहेको गुजरातले अब आफ्नो अन्तिम खेल जिते पनि प्लेअफमा पुग्ने छैन । गुजरातले आफ्नो अन्तिम खेल आगामी विहिबार सनराइजर्स हैदरावादसँग खेल्ने छ ।

त्यस्तै कोलकोता नाइट राइडर्सको भने १३ खेलमा १९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । कोलकोताले अब आफ्नो अन्तिम खेल आगामी आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।