मकवानपुरमा आय विवरण नबुझाउने करदाता ५० प्रतिशत, कारबाही प्रक्रियाअघि बढाइदै

Wednesday May 8, 2024

पढ्न लाग्ने समय :


बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडाले वार्षिक आय विवरण नबुझाउने करिब १७ हजार करदातालाई कारबाही प्रक्रिया अघि बढाएको छ । करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ५० प्रतिशत करदाताले वार्षिक आयविवरण नबुझाएपछि कार्यालयले त्यस्ता करदाताको अभिलेख तयार पारी कारबाही अघि बढाएको हो ।

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरै जसो रु ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन् । “आर्थिक वर्ष २०७९/८० र सो भन्दा अघिल्लो आर्थिक वर्षको आय विवरण नबुझाउने करिब १७ हजार करदाता छन्”, प्रमुख कर अधिकृत तुलसीप्रसाद भट्टराईले भने, “त्यसैले आयविवरण नबुझाउने करदाताको अभिलेख तयार पारेर कारवाही प्रक्रिया सुरु गरेका छाँै ।” पहिलो चरणमा आय विवरण नबुझाउने करदाताहरुलाई कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरु उपलब्ध नगराईने उनको भनाई छ ।

यसका साथै ती करदाताहरुको नामावलीसहित आय विवरण बुझाउनका लागि पहल गरिदिन मकवानपुर जिल्लाको १० वटै पालिकालाई पत्राचार गरिएको छ । व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपय करदाताको मृत्यु भएको, कतिपय वैदेशिक रोजगारीमा गएको र कतिपयले व्यवसाय बिक्री गरिसकेको कारण आयविवरण नबुझाउनेको सङ्ख्या धेरै देखिएको हुन सक्ने उनको अनुमान छ ।

कार्यालयले लामो समयदेखि कर नबुझाउने एक सय जना करदातामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत भट्टराईले बताए । कर नबुझाएका करदाताबाट करिब रु ६२ करोड ३९ लाख भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । सबै रोक्का भएपछि केही करदाता कर बुझाउनसमेत आएको उनको भनाइ छ ।

नियमित बजार अनुगमन थालेपछि आर्थिक वर्ष २०७९/८० मा करदाता बढ्ेका छन् । मकवानपुरमा व्यावसायिक ३३ हजार र व्यक्तिगत ६५ हजार करदाता छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।