नाम्सले आगामी आवदेखि एमबिबिएस विषय पढाउने

Monday May 6, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आगामी आर्थिक वर्षदेखि एमबिबिएस पढाउने भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्रबहादुर बस्नेतले आगामी आवदेखि एमबिबिएस कार्यक्रम सुरु गर्ने तयारी गरिएको बताए ।

“हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्तिको अधिकतम उपयोगका साथै देशलाई आवश्यक चिकित्सक उत्पादन गर्न पनि हामीले आगामी आवबाट एमबिबिएस कार्यक्रम सुरु गर्ने तयारीमा छौँ,” उनले भने ।

प्रतिष्ठानले एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच र नर्सिङ तथा अलाइड साइन्सका विभिन्न ६८ शैक्षिक कार्यक्रम रहेका छन् । उनले सय जना विद्यार्थीलाई एमबिबिएस पठाउने गरी तयारी गरिएको बताए । “हामीले एमबिबिएसका लागि पाठ्यक्रम पनि तयार बनाइसकेका छौँ । शिक्षक हामीसँग रहेका छन्,” उनले भने, “बेसिक साइन्स पठाउने भवन मात्र हामीलाई आवश्यक हो । त्यसको माग हामीले सरकारसमक्ष गरेका छौँ ।”

उनका अनुसार पहिलो र दोस्रो ब्याचमा भने ५०-५० जना विद्यार्थी भर्ना गरिने भएको छ । प्रतिष्ठानको आफ्नै अस्पताल वीर अस्पताल रहेकामा यसलाई सेवासुविधा विस्तार गर्न  सरकारबाट पाँच सय ७० रोपनी जग्गा दुवाकोट प्राप्त भएको छ ।

उक्त स्थानमा एक हजार पाँच सय शय्याको सुपर स्पेसियालिटी अस्पतालसहित मेडिकल कलेज नर्सिङ कलेज तथा अन्य अलाइड हेल्थ साइन्सका कलेजहरुका साथै आवास गृह बनाउने योजनासहित गुरुयोजना तयार पारेको उपकुलपति डा बस्नेतले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा पाँच सय शय्याको अस्पताल र मेडिकल कलेज बनाइने छ ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।