इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

Monday May 6, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटनहम हट्सपरलाई ४–२ गोलले हराउँदै लिभरपुलले जित निकालेको हो ।

लिभरपुलका मोहम्मद सलाह, इन्ड्रयु रोबर्टसन, कोडी गाक्पो र हार्वे इलियटले एक–एक गोल गरेका थिए । टोटनहमका रिचार्लिसन र सन ह्युङ–मिनले एक–एक गोल फर्काएका थिए ।

खेलमा लिभरपुलले लगातार ४ गोल गरेपछि टोटनहमले २ गोल फर्काएको थियो । खेलको १६औँ मिनेटमा लिभरपुलका सलाहले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, ४५औँ मिनेटमा रोबर्टसन, ५०औँ मिनेटमा गाक्पो र ५९ मिनेटमा इलियटले गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाएका थिए ।

त्यसपछि टोटनहमका रिचार्लिसनले ७२औँ मिनेटमा गोल गर्दै टोलीलाई ४–१ को अवस्थामा ल्यए । यस्तै, ७७औँ मिनेटमा ह्युङ–मिनले गोल गरे पनि लिभरपुलसँगको हारलाई टार्न सकेनन् ।

यो जितसँगै लिभरपुल ३६ खेलबाट ८१ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ । ३५ खेल खेलेको टोटनहम ६९ अंकका साथ पाँचौँ स्थानमा छ ।

यस्तै, पहिलो स्थानमा रहेको आर्सनलको ८३ अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ८२ अंक छ ।


भर्खर

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली

डोटीको बडीकेदारका पूर्व अध्यक्ष र उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी