इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

Saturday May 4, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लुटन टाउन र एभर्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लुटन टाउनका लागि एलिया अदेबायो र एभर्टनका लागि डोमिनिक क्याल्भर्ट लेविनले एक–एक गोल गरेका थिए ।

खेलको २४औँ मिनेटमा एभर्टनका डोमिनिकले पेनाल्टीमार्फत सुरुवाती गोल गरेका थिए ।

स्तै लुटन टाउनका एलियाले खेलको ३१औँ मिनेटमा गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै एभर्टन ३६ खेलबाट ३७ अंकसहित तालिकाको १५औँ स्थानमा छ । समान खेल खेलेको लुटन टाउन २६ अंक जोडेर १८औँ स्थानमा छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।